नाइस टेलिभिजनको परिक्षण प्रशारण सुरु

मगर समुदायको आर्थिक समृद्धिका लागी २०७१ सालमा स्थापना भएको मगर्स क्रियशन इन्भेस्टमेन्ट कम्पनीद्वारा संचालित “नाइस टेलिभिज’’ को परिक्षण प्रशारणको सुरु भएको छ ।
सुरुको चरणमा “नाइस टेलिभिजन’’ WOW TIME / NET TV भन्ने एप्समा प्रशारणमा आएको छ । केही समयभित्रै सम्पूर्ण केबुल टेलिभिजन, डिश होम तथा स्याटेलाइट मार्फत् टेलिभिजनका कार्यक्रमहरु प्रशारण हुने कम्पनीले जनाएको छ ।
कम्पनीको मिडिया टिम टेलिभिजनको कार्यक्रमको डिजाइन तथा उत्पादनमा ब्यस्त रहेको र छिट्टै नै नियमित प्रशारणमा जाने तयारी भैरहेको मगर्स क्रियशन इन्भेस्टमेन्ट कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत आशिर्वाद पुनमगरले जानकारी दिए ।
टेलिभिजनबाट समाचाररसूचना मुलक, मनोरन्जन, खेलकुद, स्वास्थ्य, शिक्षा, रियालिटीरटक शो, अपराध, सामाजिक, राजनैतिक, व्यवसायिक, महिला तथा बालबालिका बिशेष बिबिध खाले कार्यक्रमहरु प्रशारण हुनेछन् ।
टेलिभिजन हेरी आफ्नो अमुल्य सल्लाह तथा सुझाबहरु पठाऊनको लागि कम्पनीले सम्पूर्ण दर्शक महानुभावहरुलाई अनुरोध समेत गरेको छ ।
नेपालमा विभिन्न उद्योग व्यवसायमा लगानी गरी रोजगारीको सिर्जना गर्दै एउटा नाफामुलक तथा रोजगार मुलक कम्पनी बनेको यो कम्पनीले यस बर्ष “सञ्चार’’ मा लगानी गरेको हो । कम्पनीले सन्चारका चारै क्षेत्र (टेलिभिजन, रेडियो, पत्रिका र अनलाइन पोर्टल) लाई राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रशारणमा पु¥याउँदैछ ।