नवनिर्वाचित मेयर÷उपमेयरलाई धर्मकाया बुद्धमण्डला समितिको बधाई मेरै कार्यकालमा बुद्धमण्डला सम्पन्न गर्छु ः मेयर जिसी

Today Pokhara
0Shares

हुम तमु

पोखरा लेखनाथ महानगरपालिकाका नवनिर्वाचित मेयर मानबहादुर जिसी र उपमेयर मञ्जुदेवी गुरुङलाई शुक्रवार धर्मकाया बुद्धमण्डला व्यवस्थापन तथा विकास समितिले बधाई ज्ञापन गरेको छ ।
बुद्धमण्डला व्यवस्थापन तथा विकास समितिका अध्यक्ष रुद्रकुमारी गुरुङ मैनाको अगुवाईमा महानगरपालिकाको कार्यलयमा पुगेको समितिको टोलीले मेयर जिसी र उपमेयर गुरुङलाई बुके, खादा, मालाद्धारा बधाई तथा कार्यकालको सफलताको शुभकामना व्यक्त गरिएको हो ।
उक्त अवसरमा समितिका सचिव राजबहादुर गुरुङ पोखरा लेखनाथ महानगरपालिका वडा नं. ११ काँहुडाडामा विशाल बुद्धको मुर्तिहित निर्माण हुन गईरहेको धर्मकाया बुद्धमण्डला परियोजनाको बारेमा मेयर÷उपमेयरलाई जानकारी गराउनुहुदै सहयोगका आग्रह गर्नुभयो । उहाँले उक्त योजना नगरपरिषदले पोखरा गौरबमा समावेश गरिसकेकाले महानगरले बुद्धमण्डला निर्माणमा अगुवाई गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उक्त अवसरमा मेयर मानबहादुर जिसीले काहुँडाडमा निर्माण हुन लागेको धर्मकाया बुद्धमण्डलालाई धार्मिक पयटकीय स्थल निर्माणका लागि आफ्नै कार्यकाल पाँच वर्षमा सम्पन्न गर्न पहल गर्ने बताए । उक्त परियोजना सम्पन्न गर्न केही विदेशी दातृसंस्थाहरुसँग पनि आफुले समन्वय गर्ने बताउनुभयो ।
उपमेयर मञ्जुदेवी गुरुङले पोखराको मात्रै नभएर राष्ट्रकै गौरबको परियोजनामा महानगरपालिका र आफ्नो तर्फबाट पुर्ण सहयोग हुने बताउए ।
धर्मकाया बुद्ध मण्डला व्यवस्थापन तथा विकास समितिका संयोजक रुद्रकुमारी गुरुङ मैनाले मेयर जिसी र उपमेयर गुरुङलाई परियोजनामा साथ सहयोगको प्रतिवद्धताका लागि धन्यवाद व्यक्त गरे . ।