स्याङजाको पर्यटकीय ठाउँ स्वरेकमा असारको पहिलो हप्तादेखि एम्बुलेन्स सञ्चालनमा आउने भएकोछ ।
स्वरेकमा एम्बुलेन्सको आबश्यकता देखेर नमुना स्वरेक सामाजिक कोष कतारको पहल एवं नमुना स्वरेक सहयोगी समाज स्याङजाको ब्यबस्थापनमा जारी एम्बुलेन्स अभियान अन्तरगत एम्बुलेन्स खरिद गरेर पोखरा आइपुगेकोहो । एम्बुलेन्स सञ्चालनको लागी दर्ता नम्बर इन्सुरेन्स र एम्बुलेन्समा लेख्नुपर्ने र हुनुपर्ने सवै पक्रिया पुरा गरेपछि एक औपचारीक कार्यक्रमका विच सकभर असारको पहिलो हप्तासम्म सञ्चालनमा ल्याउने तयारी गरेको नमुना स्वरेक सहयोगी समाज स्याङजाका अध्यक्ष एव पत्रकार घनश्याम पाण्डेय जनाएका छन् ।
एम्बुलेन्स खरिदको लागि नेपाल सरकारले कर छुट दिएको र कर बाहेक झण्डै १२ लाख खर्च हुने पाण्डेयले बताएका छन् । पाण्डेयले आफुहरुले देखेको सपना पुरा भएको बताएका छन् । एम्बुलेन्सलाई दिगो रुपमा सञ्चालन गर्नको लागि यस अगाडि रकम घोषणा गर्नुभएका सहयोगीहरु लाई रकम सस्थाको खातामा जम्मा गरेर सहयोग गरिदिन अनुरोध पनि गरेकाछन् ।
एम्बुलेन्स पोखरा आइपुगेको खबर संगै स्वरेकीहरु हर्षित भएकाछन् । यसैविच अभिायनका संयोज भेषराज पराजुलीले आफुहरुले देखेको सपना पुरा भएको भन्देै खुशी ब्यक्तगर्नुभएको छ ।सरकारले गर्नुपर्नेकाम आफहरुले गरेको भन्दै वालिङ र भीरकोट नगरपालिका बाट पनि एम्बुलेन्कस सञ्चालनमा उचित सहयोग हुनेमा आसाबादीरहेको बताउनुभयो । अभियानका सह –संयोज जीवन पौडेलले एम्बुलेन्कस अभियान केही ढिलाहुदा विरोधगर्नेहरुको मुख बन्द भएको भन्दै अब दिगोरुपमा सञ्चालनको लागि सवैको साथ आबश्यक हुने बताए ।
सवै स्वरेक र बाहिर बाट पनि अभियान साथ रहेकोले सफल भएको भन्दै अभियानमा सहयोगगर्ने सम्पुर्ण प्रति आभार प्रकट गर्नुभएकोछ । अभिना सफल भएकोमा नमुना स्वरेक सामाजिककोष कतारका अध्यक्ष महेन्द्र प्रसाद पाण्डेयले पनि अभियान सफल भएको खुशी ब्यक्तगर्नुभएको छ । विभिन्न अप्ठेरोको बाबजुद्धपनि अभियान सफलभएको भन्दै पाण्डेयले विदेशमा बस्नेहरुले समाज प्रति सकारात्मक भुमिका खेल्दा पनि गाउँमा विकासको लागि दबाब पर्ने बताए।
Leave a Reply