अहिलेकी चर्चित लोक तथा दोहोरी गायिका जुना श्रीसमगरले “परदेशी” बोलको अति मर्मस्पर्शी लोकगीत बजारमा ल्याएकी छन् । गायिका जुनाले लोकगीतमार्फत् हराएका परदेशीलाई सम्झिएकी छन् ।
कुनै बेलाका चर्चित लोक तथा दोहोरी गायक भगवान भण्डारीको लय तथा शब्दमा रहेको “परदेशी”को म्यूजिक भिडियो युट्युबमार्फत् सार्वजनिक भएको छ । गायिका जुनाको आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत् सो गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।
गोविन्द पुनमगरले निर्देशन गरेको म्यूजिक भिडियोमा गोविन्द पुनमगर र करुणा पुनमगरले अभिनय गरेका छन् । त्यस्तै, वीरबहादुर श्रीसमगर, जसिन्ता श्रीसमगर र एलिस श्रीसमगरको पनि अभिनय रहेको छ ।
दानबहादुर श्रीसमगरको छायाङ्कन तथा सम्पादन रहेको म्यूजिक भिडियो टाइगर्स फिल्मस् प्रालिले निर्माण गरेको हो । मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको सो गीतका एरेञ्जर विनोद बाजुराली हुन् । म्यूजिक भिडियोमा मिलन गुरुङको कलरिङ र पुनम पुनमगरको श्रृंगार रहेको छ ।
गीत हेर्नका लागि युट्युब लिंक ः
https://www.youtube.com/results?search_query
Leave a Reply