दोस्रो चरण चुनाव लाग्यो, फिल्डमा खटिए निर्वाचन अधिकृत

Today Pokhara
0Shares

३१ जेठका लागि निर्धारित दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि ४१ जिल्लामा –शनिबार) प्रमुख निर्वाचन अधिकृत खटिँदै छन् ।निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले शनिबारबाट पूर्ण रुपमा निर्वाचन अधिकृतहरुले काम थाल्ने बताए । आयोगले पहिलो चरणको निर्वाचनका क्रममा नै ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको थियो । तर, सरकारले दुई चरणमा निर्वाचन गर्ने राजनीतिक सहमति गरेपछि खटाइएका कर्मचारी आयोगले फिर्ता बोलाएको आजको राजधानी दैनिकमा खबर छ ।