नयाँ शक्ति पार्टीका तर्फबाट कास्की क्षेत्र नं. २ (क)का प्रदेश सभा सदस्य उम्मेद्वार हेम बहादुर थापाले नयाँ शक्तिको मुख्य एजेण्डा देशको समृद्धी तर्फ आफुहरु बढीरहेको बताएका छन् । पोखरा लेखनाथ वडा नं. १५ अन्तर्गतको निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा उक्त कुरा थापाले बताएका हुन् ।
देशका विकास, सुशासन, समृद्धी, समावेशिता र लोकतन्त्रको सवलीकरणका लागि निर्वाचनको ठुलो महत्व रहेको बताउँदै थापाले अवको निर्वाचनमा सक्षम र सवल व्यक्तिलाई जिताउन आग्रह गरे । उनले भने– ‘तपाईको एक सहि निर्णयको भोटले नै देश विकासतर्फ अगाडी बढ्नेछ ।’
निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन गर्दै कास्की क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार दिपक भण्डारीले समाजको फोहोरलाई सफा गरि नेपाल विकसित राष्ट्रको रुपमा हेर्नको लागि नयाँ शक्तिका उम्मेद्वारलाई भाट हाल्न आग्रह गरेका थिए ।
कार्यक्रममा समानुपातिक उम्मेद्वारहरु लक्ष्मी खाती परियार, अधिवक्ता राजुराज अधिकारी, चेत बहादुर महत, नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य रविन्द्र गुरुङ, राष्ट्रिय युवा अभियानका केन्द्रीय सदस्य जुमा गुरुङलगाएत स्थानियको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता निर्वाचन परिचालन समितिका कास्कीका संयोजक सम्भु खाती परियारले गरेका थिए भने कार्यक्रममा स्वागत मन्तव्य केन्द्रीय सदस्य रविन्द्र गुरुङले गरेका थिए । कार्यक्रमको संचालन पार्टीका केन्द्रीय सदस्य खड्ग गुरुङले गरेका थिए ।
कास्कीका विभिन्न स्थानमा स्थानियसँग भेटघाट तथा घरदैलो कार्यक्रम जारी रहेको निर्वाचन परिचालन समितिका संयोजक शम्भु खाती परियारले जानकारी दिए ।
Leave a Reply