रुकुम बाँफिकोट गाँउपालिका मग्माका रणे दमाईको दुवै मृगौला फेल भएपछि यतिबेला उनलाई सहयोगको लागी उनका परिवारले सबैमा अनुरोध गरेका छन् । रुकुमको साविक मग्मा ३ का ५६ बर्षिय दमाईको आर्थिक अवस्था दयनिय रहेको छ । सरकारले निशुल्क मृगौला प्रत्यारोहण गर्ने बताएपनि डाइनोसिस गर्नको लागी पनि रकमको आबश्यक पर्ने भएकोले समस्या भएको परिवारले बताएको छ ।
उनको अहिले राष्ट्रिय मृगौला उपचार केन्द्र बनस्थलीमा भर्ना गरिएको छ । उनको उपचारका लागी सहयोग गर्न सबै सहयोगी मनहरुमा आग्रह गरिएको उनका भान्जा डिल्ली परियारले बताए ।उनलाई सहयोग गर्न चाहनेले मोवाइल नं ९८१८६१९९३४ तथा ९८६३६४७८८८ मा सम्पर्क गर्न सक्नुहुनेछ । यसै गरी आर्थिक रुपमा सहयोग गर्न चाहनेहरुका लागी एभरेष्ट बैंकमा रहेको खाता नं ०४४००५०१२०५४२५ मा रकम जम्मा गर्न सक्नुहुनेछ भनि आग्रह गरिएको छ । बिरामी रणे दमाईले आफ्ना बच्चाबच्चीको लागी पनि आफुलाई बचाउन सबैलाई अनुरोध गरेका छन् । आर्थिक अभावका कारण साँझ बिहानको छाक टार्न धौ धौ भएको उनलाई यतिबेला सहयोगको खाँचो छ । उनका २ छोरा २ छोरी र एक श्रीमति छन् ।
www.rukumelibikaslahar.com
Leave a Reply