थ्रि एन्जल्स नेपालले पायो एनजिओ लिडरसीपअवार्ड

 

नेपालबाटवर्षेनी तेश्रो मुलुकमाहुने मानव बेचविखन रोकथामकालागि सक्रीयतापूर्वक कार्य गर्दै आएको संस्थाथ्रि एन्जल्स नेपालले अन्र्तराष्ट्रियअवार्ड पाएको छ ।  वल्र्ड सि एस आर डे को अवसरमाभारतको मुम्बईमायहि फेब्रुअरी १८ तारिकमाआयोजितविशेष कार्यक्रममा संस्थाले एनजिओ लिडरसीपअवार्ड प्राप्त गरेको थ्रि एन्जल्स नेपालले जानकारी दिएको छ । सामाजिक क्षेत्रमाकार्यरत विश्वभरका १ सय १० वटा संस्थाहरु मध्ये संस्थालाईउक्तअवार्डबाट सम्मान गरेको हो । मानव बेचविखनविरुद्धमाथ्रि एञ्जल्स नेपालले सफलतापूर्वक कार्य गरेको इकोनोमिकटाईम नाउनामकअन्र्तराष्ट्रिय स्तरको म्यागेजिनले ठहर गरेको थियो । कार्यक्रममाथ्रि एन्जल्स नेपालकातर्फबाट संस्थाका सचिवविवेक शर्मा ढकाल, पर्वत थापा र रोशनप्रशाईँ मुम्बई पुग्नुभएको थियो । सो अवसरमाविश्वभरबाट सामाजिक क्षेत्रमा योगदान पुर्याउने संघ संस्थाहरुलाई विभिन्नविधामाअवार्ड वितरणगरिएको थियो ।    भारतको होटलताजल्याण्डएन्डसमाआयोजितकार्यक्रममा संयुक्त राष्ट्रसंघ अन्र्तगतयूनाईटेड नेसन्स सष्टेनेवल डेभलपमेण्ट फण्डकाप्रतिनिधि, विश्वभरका सरकारी तथा गैरसकारी क्षेत्रमाकार्यरत संघ संस्थाकाविशिष्टव्यक्तिहरुको पनि सहभागिताथियो । यसैबीचएनजिओ लीडरसिपअवार्ड प्राप्त गरेपछि संस्थाले आजविशेष कार्यक्रमआयोजना गरी अवार्डको स्वागत गरेको छ । संस्थाको पोखरा लेखनाथमहानगरपालिकावडा नं १५ नयागाउँस्थितप्रधानकार्यालयमाआयोजितविशेष कार्यक्रममा संस्थाकाअध्यक्ष सारदा खत्रीगौतम, प्रमुखकार्यकारी अधिकृत डा राजेन्द्र गौतम, वित्तनिर्देशकडामदनथापाविभागीयप्रमुखहरु लगायतले उक्तअवार्ड ग्रहणगर्नुभयो । सो अवसरमाबोल्दै संस्थाकाकार्यकारी निर्देशकडागौतमले अवार्डले मानव बेचविखनमुक्त नेपालनिर्माणकालागि संस्थालाई ठूलो प्रेराणामिलेको बताउनुभयो ।   थ्रि एन्जल्स नेपालले विभिन्नदातृ निकायको सहयोगबाटआँप्mनो कार्य निकै कठिनाईपूर्वक गरिहेको र हजारौँ व्यक्तिहरुलाई बेचविखनको चपेटामा पर्नबाटजोगाउन यो पुरस्कार देशकै लागिगौरवको विषयभएको संस्थाकाअध्यक्षशारदा खत्रीगौतमले बताउनुभयो । सो अवसरमासंस्थाका सदस्यएवं कर्मचारीहरुबीच खुसीयाली साटासाटगरिएको थियो ।