छवि मगर
तेस्रो साराङ्गकोट महोत्सव आईतबार सकिएको छ । भदौ १६ गतेबाट सुरु भएको तेस्रो साराङ्गकोट महोत्सव आईतबार सकिएको छ । टप देउरालीमा महोत्सव सुरु भएको महोत्सव करिब ४० हजार दर्शकले प्रत्यक्ष अवलोकन गरेको र महोत्सवमा एक करोड रुपैयाँ बराबरको कारोबार भएको भएको थियो ।बिभिन्न उत्पादन र खाद्यान्न स्टल एवं मनोरञ्जनात्मक प्रस्तुतिहरु महोत्सवका आर्कषण थिए भने बिभिन्न साङ्गीतिक समुहको प्रस्तुती, पर्यटन दौड, रत्यौली प्रतियोगिता, दुना टपरी गाँस्ने प्रतियोगिता तथा स्थानीय संस्कृतीहरुको प्रस्तुतीले महोत्सवको आकर्षण बढाएको थियो ।
महोत्सवमा आयोजित रत्यौली गीत प्रतियोगितामा बौद्ध तामाङ आमा समूह प्रथम भएको छ भने प्रतियोगितामा प्रगतिशील आमा समूह द्वित्तिय, शान्ति सम्झौता आमा समूह तृतीय र सेदी बगर आमा समूहले सान्त्वना स्थान हासील गर्यो । यस्तै सामुहिक नृत्य प्रतियोगितामा दिपज्योति धारापानी समूह प्रथम, नेपाल मगर संघ द्वित्तिय र सराङ्कोट मगर संघ तृतीय भए । महोत्सवको अवसरमा आयोजित ज्योति काट्ने प्रतियोगितामा कमला केसी प्रथम, लक्ष्मी थापा द्वित्तिय र हरिमायाँ ढकला तृतिय भएकी छन् ।
यस्तै दुनाटपरी गाँस्ने प्रतियोगितामा पवित्रा थापा, चन्द्रदेवी थापा, गोमा थापा र माया थापामगर क्रमशः प्रथम, द्वित्तिय, तृतीय र सान्त्वना भए । महोत्सवको उद्घाटनका अवसरमा आयोजित झाँकी प्रतियोगितातर्फ बौद्ध तामाङ आमा समूहले प्रथम स्थान हासील गरेको छ । शान्ति सम्झौता आमा समुह द्वितिय भएको छ भने सेदीबगर आमा समूहले तृतीय र शिव भञ्ज्याङ आमा समूहले सान्त्वना स्थान हासील गरेको छ । समापन समारोहलाई सम्बोधन गर्दै सांसद सीता गिरीले प्रकृतिले दिएको सुन्दर उपहार सराङ्कोटमा विकाशका पूर्वाधार पनि तयार गर्नुपर्ने बताइन ।
वडा नं १८ का वडा अध्यक्ष रण बहादुर थापाले सबै सराङ्कोटबासी एकजुट भएर विकासका काममा हातेमालो गर्नुपर्ने बताए । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न महोत्सवको आयोजना गरिएको थियो । महोत्सवको अन्तिम दिन महोत्सव अबधिभर भएका बिभिन्न खेलका विजयीहरुलाई कास्की क्षेत्र नम्बर ४ की सांसद सीता गिरीले सम्मान पत्र र पुरस्कार वितरण गरेकी थिइन।
Leave a Reply