तमु समुदायको पुरानो साझा सामाजिक संस्था तमु धिं नेपालले आफ्नो ३३ औं स्थापना दिवस शुक्रवार विविध कार्यक्रम गरी पोखरामा मनाएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं. ९ नयाँबजारस्थित तमु धिं नेपालका आयोजित कार्यक्रममा ५ जना विशिष्ट व्यक्तित्वहरु, ३ जना विद्यार्थीहरु र २५ जना पुर्व क्षेत्रीय तमु समाजका अध्यक्षहरु सम्मानित हुनुभएको थियो भने स्थापना दिवसको शुभकामना आदानप्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा फाइनान्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजकुमार तमु, तमु धिं नेपालकी अध्यक्ष कर्म तमु र अक्षयकोषदाता परिवारका सदस्यहरुले विशिष्ट व्यक्तित्वहरुलाई पुरस्कारसहित सम्मानित गरिएको थियो । तमु धिं नेपालको स्थापना दिवसमा डा.हर्क, डा.चन्द्र, प्रा.सन्त स्मृति उच्च शिक्षा पुरस्कारबाट डा.चन्द्रबहादुर तमुलाई सम्मान गरिएको थियो तमु धिं नेपाल नयाँ बजारमा हुने कार्यक्रममा डा. तमुलाई २० हजार, सम्मानपत्रसहित सम्मान गरिएको थियो भने कर्णेल तीर्थकुमारी तमु स्मृति समाज सेवा सम्मानबाट दुधपोखरी तमु समाजका पुर्व अध्यक्ष तथा तमु धिं नेपालका कोषाध्यक्ष सुवेदार मेजर श्रीप्रसाद तमु १५ हजार नगद सहित सम्मानपत्रद्धारा सम्मानित भएका थिए । ।
घनबहादुर तमु स्मृति पुरस्कारबाट तमु भाषा, लिपीका बारेमा विशेष योगदान दिनुभएका प्राध्यापक मनबहादुर तमुलाई सम्मान गरिएको थियो । ङ्योए तमु धिं लेखनाथका अध्यक्ष समेत रहनु भएका तमुलाई १० हजार नगद, सम्मानपत्र सहित सम्मान गरिएको हो ।
यसरी नै आदिकवि हर्कबहादुर तमु स्मृति पुरस्कारबाट तमु भाषा, कला सँस्कृति, साहित्यमा विशेष योगदान दिनुहुने लमजुङका केयरसिंह तमु र समाजसेवी महिलाको तर्फबाट दीप निवासी चन्द्रशुबा तमुलाई जनही १०÷१० हजार, सम्मानपत्रसहित सम्मान गरिएको थियो ।
यसरी नै आकृति स्मृति छात्रवृत्ति २ जना दुधपोखरी तमु समाजकी सविना तमु र खिलाङ तमु समाजका सन्देश तमुलाई र तमु धिं युके गरिब तथा जेहेन्दार छात्रवृत्ति जोगीमणी तमु समाजका सनिप तमुलाई जनही ५÷५ हजार रुपैया, सम्मानपत्रसहित छात्रवृत्ति प्रदान गरिएको थियो । यसैगरी विगत लामो समय देखि तमु धिं नेपाल अन्र्तगत क्षेत्रीय तमु समाजहरुको अध्यक्ष भई जिम्मेवारी निर्वाह गर्नुभएको निवर्तमान क्षेत्रीय तमु समाजका २५ जना अध्यक्षहरुलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो ।
प्रमुख अतिथि पोखरा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार तमुले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको कार्यक्रममा प्रमुख अतिथिय मन्तव्य व्यक्त गर्नुहुदै सामाजिक हितका लागि, समाजको समृद्धिका लागि तमुहरुको एकता आवाश्यक छ, त्यसको नेतृत्व तमु धिं नेपालले गरिरहेको बताउनुभयो । उहाँले तमुहरु हरेक क्षेत्रका प्रतिष्पर्धा गरेर उत्कृष्ट बन्नका लागि क्षमता अभिबृद्धि हुनुपर्ने भन्दैं शिक्षामा जोड दिन आग्रह गरेका थिए ।
कार्यक्रममा सम्मानितहरुको तर्फबा डा.चन्द्रबहादुर तमुले मन्तव्य व्यक्त गर्नुहुदै तमु समुदायको गौरवका लागि तमुहरुको एकता जरुरी रहेको बताउनुभयो । उहाँले आफुहरुलाई गरिएको सम्मान तमु समुदायका अग्रगतिका लागि भएको भन्दै सबैले अब समाज र समुदायका लागि थप योगदानका लागि सोंच बनाउनुपर्ने बताउनुभयो । तमु धिं नेपालकी अध्यक्ष कर्म तमुको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान क्षेत्रीय तमु समाजका अध्यक्षहरुको तर्फबाट चारभञ्ज्याङ तमु समाजका निवर्तमान अध्यक्ष सुवेदार मेजर नारायणसिंह तमु, वर्तमान क्षेत्रीय अध्यक्षहरुको तर्फबाट तमु सहयोग समिति पार्दीका अध्यक्ष क्या.तमबहादुर तमु, सल्लाहकार सन्तबहादुर तमु, सचिव अधिवक्ता जुनाकुमारी तमु, सहसचिव दुर्गाबहादुर तमुले मन्तव्य व्यक्त गर्नुभएको थियो भने महासचिव गिरीप्रसाद तमुले कार्यक्रम संचालन गरेका थिए । ।
Leave a Reply