छबि मगर
पोखरा, कार्तिक
तमुहरुको साझा पुरानो गर्बिलो संस्था तमु धिं नेपालको नौ जना केन्द्रीय सदस्यहरुको विहीवार एक कार्यक्रमका बिचपद तथा गोपनीयताको सपथ ग्रहण गराइएको छ । तमु धिं नेपालको ३२ औं वार्षिक साधारणसभा तथा १४ औं अधिवेशनबाट निर्वाचित पदाधिकारी बैठकले क्षेत्रीय तमु समाजहरुबाट सिफारिस भएकाहरु मध्येबाट क्षेत्र, लिंग,
विधागत समावेशी प्रतिनिधित्वको आधारमा मनोनयन हुनुभएका फिर्के तमु समाजका जुमकाजी तमु, नागवेली तमु समाजकी हिरा तमु, याङ्गजाकोट तमु समाजका नारायण तमु, नादा तमु समाजका गमबहादुर तमु, चिउली पाचे तमु समाजका मेनकाजी तमु, हिमाली गुरुङ परिवारका सुवेदार देवीसुब्बा तमु, तनहु तमु समाजका गोपाल तमु, सिद्धार्थ तमु समाजकी गीमाया तमु र तमु साँस्कृतिक प्रतिष्ठान नेपालकी कौशिला तमुलाई तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका थिए ।
यसरी नै तमु धिं नेपालको सल्लाहकार समिति र विभिन्न १९ उपसमितिका संयोजकहरुको चयन गरिएको छ । तमु धिं नेपालको पुर्ण बैठकले सल्लाहकार समितिको संयोजकमा पुर्व क्याम्पस प्रमुख गणेशबहादुर तमु, सदस्यहरुमा सन्तबहादुर तमु, अम्बरबहादुर तमु, वरिष्ठ अधिवक्ता कृष्णबहादुर तमु, डा.दीर्घमान तमु, कर्णेल रामकाजी तमु, अधिवक्ता अनिता तमुलाई चयन गरिएको छ । यसरी नै बौद्ध अर्घौ सदनका अध्यक्ष र तमु प्ये ल्हु संघ केन्द्रीय समितिका अध्यक्ष तमु धिं नेपालको संस्थागत सल्लाहकार सदस्यमा चयन गरेको महासचिव गिरीप्रसाद तमुले जानकारी दिनुभयो ।
तमु धिं नेपालको बैठकले तमु धिं नेपालका अध्यक्ष कर्म तमुलाई बुद्धिजिवी विभागको संयोजक, प्रथम उपाध्यक्ष सरस्वती तमुलाई विदेश विभाग संयोजक, प्रथम उपाध्यक्ष हुमबहादुर तमुलाई प्रचार प्रसार विभाग संयोजक, महासचिव गिरीप्रसाद तमुलाई संगठन विभाग, सचिव अधिवक्ता जुनाकुमारी तमुलाई संघ संस्था समन्वय विभाग, सहसचिव दुर्गाबहादुर तमुलाई व्यवसायिक विभाग, कोषाध्यक्ष सुमे श्रीप्रसाद तमुलाई आर्थिक विभाग र सहकोषाध्यक्ष सु तुलबहादुर तमुलाई व्यवस्थापन विभागको जिम्मेवार प्रदान गरिएको छ । यसरी नै कार्यसमिति सदस्य नारायण तमुलाई निर्माण उससमितिको संयोजक, साँस्कृतिक विभागको संयोजकमा कार्यसमिति सदस्य मेनकाजी तमु र सहसंयोजकमा कृष्णकुमार तमु, आमा समिति संयोजक हरीमाया तमु, गुरुयोजना उपसमिति संयोजकमा
ई.किसानसिंह तमु र सहसंयोजकमा ई.सुब्बा तमु, भाषा उपसमितिको संयोजकमा सुमे कर्णबहादुर तमु, खेलकुद संयोजकमा तेजबहादुर तमु र सहसंयोजकमा क्या.बीरबहादुर तमु, युवा उपसमिति संयोजकमा ध्रुव तमु, कला उपसमिति संयोजकमा बुद्धि तमु, विद्यार्थी संयोजकमा रमेश तमु लगायतलाई जिम्मेवारी प्रदान गरिएको छ ।
शुक्रवार भारतका राष्ट्रपति प्रणव मुखर्जी पोखरा आगमनका क्रममा गठित स्वागत मुल समितिले दिएको जिम्मेवारी अन्र्तगत दिन १ बजेदेखि अपरान्ह ३ बजेसम्म पोखरा १० बुद्धचोकदेखि भारतीय पेन्सन वितरण क्याम्पको गेट रामबजारसम्म मौलिक पोशाक, बाजागाजा, सँस्कृतिकसहित स्वागतमा सहभागी हुने निर्णय गरेको छ । उक्त स्वागत मुल समितिको सदस्यमा तमु धिं नेपालकी अध्यक्ष कर्म तमु समेत रहनुभएको छ ।
कार्यक्रममा तमु समाज कतारका पुर्व अध्यक्ष एवं प्रमुख संरक्षक बीलबहादुर तमु घरबिदामा नेपाल आउनु भएकाले तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले खादा लगाई स्वागत सम्मान गर्नुभएको थियो । स्वागत ग्रहण पश्चात मन्तव्य व्यक्त गर्नुहुदै प्रमुख संरक्षक तमुले नेपालमा आउदा तमु धिं नेपालको सधै न्यानो माया र स्वागतले आफुहरु अत्यन्तै हर्षित हुने गरेको बताउनुहुदै तमु समाज कतार कतारमा तमुहरुलाई संगठित गर्ने, तमु समुदायको पक्षमा क्रियाशील रहने मात्रै नभई कतारमा रहेका नेपालीहरुकै संस्थाको रुपमा नेपाली तारा, भलिबल प्रतियोगिता जस्ता गतिविधी बार्षिक रुपमा गर्दै आएको जानकारी दिनुभयो । उहाँले तमु समाज कतार तमु धिं नेपालसँग जुगौं सहकार्य गर्न इच्छुक रहेको बताए ।
तमु धिं नेपालकी अध्यक्ष कर्म तमुको अध्यक्षता र महासचिव गिरीप्रसा तमुले सञ्चालन गर्नुभएको भएको बैठकमा प्रथम उपाध्यक्ष सरस्वती तमु, द्धितिय उपाध्यक्ष हुमबहादुर तमु, सचिव अधिवक्ता जुनाकुमारी तमु, सहसचिव
दुर्गाबहादुर तमु, केन्द्रीय सदस्य जुमकाजी तमु, नारायण तमु, गमबहादुर तमु, संरक्षक एवं सोपाल तमु समाजका अध्यक्ष मेजर लक्ष्मीप्रसाद तमु, भिमकालीपाटन तमु समाजका अध्यक्ष धर्मराज तमु, सिमपानी तमु समाजका अध्यक्ष नासु गंगाबहादुर तमु, फूलबारी तमु समाजका अध्यक्ष तिलबहादुर तमु लगायतले विचार व्यक्त गर्नुभएको थियो
Leave a Reply