तनहुँ, भानु नगरपालिकाको १० वटा वडामा मत गणना कार्य सम्पन्न भएको छ। १० वटा वडाको मत परिणाम काँग्रेसको पक्षमा छ। नगरपालिकाको १३ वटा वडा मध्ये ६,७ र ८ वडाको मत परिणाम आउन बाँकी छ। हालसम्म गणना भएको मत परिणाम अनुसार ने.कां.को मेयरतर्फ ७९४७ र उपमेयरलाई ७७५३ मत प्राप्त भएको छ।
त्यसैगरी, नेकपा एमालेलाई मेयरतर्फ ६६०५ र उपमेयरलाई ६५८९ मत प्राप्त भएको छ। नगरपालिकामा नेकपा माओवादी केन्द्रले मेयर उमेद्वार उठाएन उपमेयरलाई १०७३ मत प्राप्त छ। नयाँशक्ति एलायन्सले समेत उक्त नगरपालिकामा १०१ मत ल्याएको छ।
समाचार लेख्दासम्म भानुको मत गणना गरिसकेको १० वडामा भने पाँच वडमा कांग्रेसको पूरै प्यानल र पाँच वडामा एमालेले पूरै प्यानल जितेको छ। नगरपालिकाको २, ५, १०, ११ र १३ नं वडामा काँग्रेसले प्यानल नै जित्यो। त्यस्तै, एमालेले नगरपालिकाको १, ३, ४, ९ र १८ वडामा पूरै प्यानल जित्न सफल भएको छ।
तनहुँ, भानु नगरपालिका वडा नं ५ को मत परिणाम कांग्रेस प्यानल पक्षमा गएको छ । ने.कां.को वडा अध्यक्ष ८०२, महिला सदस्य ७६२, दलित महिला सदस्य ७४२, खुल्ला सदस्य पहिलो ६९९, खुल्ला सदस्य दोश्रो ६६२ मत प्राप्त छ ।त्यसैगरी, एमाले वडा अध्यक्षले ५१७, महिला सदस्य ५५८, दलित महिला सदस्य ५७५, खुल्ला सदस्य पहिलो ५७४, खुल्ला सदस्य दोश्रो ५०२ मत प्राप्त गरेको छ। माओवादी केन्द्रतर्फ वडा अध्यक्षले १४९, महिला सदस्य १५१, दलित महिला सदस्य १४९, खुल्ला सदस्य पहिलो १७६, खुल्ला सदस्य दोश्रो १३६ मत प्राप्त गरेको छ । संख्या १३ वडा रहेको भानु नगरपालिकामा कूल जनसंख्या ४५७९२ छ। कूल मतदाता संख्या ३२४८४ रहेको नगरपालिकामा मध्ये २१ हजार भन्दा बढि मत खसेको थियो। पहिलो स्थानीय तहको निर्वाचनमा नगरपालिकामा महिला उमेदवार संख्या ५७ र पुरुष उमेदवार संख्या ८० थियो।

Leave a Reply