कास्कीको पूर्वी क्षेत्रमा पर्ने सिद्ध ५ देउरालीस्थित ठकु
री बस्तीमा पोखरेली चर्चित कलाकारहरु गुञ्जिएका छन् । स्थानिय गोर्खा कालिका युवा क्लवको ११ औं वार्षिकोत्सवको अवसरमा आयोजित सांस्कृतिक तथा भलिवल प्रतियोगिता कार्यक्रमको समापनको अवसरमा पोखरेली डिमर्चा व्याण्डका भास्करध्वज श्रेष्ठ, देउराली व्याण्डका शान्तराज बज्राचार्य, सागर साह र नव प्रवेशी उईप कोरस ब्याण्ड गुञ्जिएको हो ।

सहरीकरणले नछोएको सो ठकुरी बस्तीका स्थानियहरु मध्य माघको जाडोको प्रवाह नगरी कन्सर्ट हेर्न भेला भएका थिए । के बच्चा, के बृद्ध÷बृद्धा, के युवा, के युवती प्राय सबै घर खाली गरेर कन्सर्ट हेर्न आएका थिए । राती ८ बजेदेखी शुरु भएको कार्यक्रम मध्यरातको साढे १२ बजेसम्म चलेको थियो ।
पोखरेली गायक सागर साहबाट शुरु भएको
कन्सर्टमा डिमर्चाका भास्करध्वज श्रेष्ठ, देउराली व्याण्डका शान्तराज बज्रचार्य, उईप कोरस ब्याण्डको लाईभ प्रस्तुतीसँगै स्थानिय कलाकारहरुको नृत्यमा रमाउँदा रमाउँदै दर्शकले मध्यरात भएको पनि पत्तै पाएनन् । बरु उनीहरु अझ वान्स मोर, वान्स मोर भन्दै चिच्याउन तल्लिन थिए ।

कार्यक्रममा ‘कैलाशैमा शिवजीको बस्ती छ, प्रभुजीलाई मस्ती छ’ गीतबाट गाउन शुरु गरेका डिमर्चा व्याण्डका भास्कर ध्वज श्रेष्ठले झ्याम्मै चौतारी, झ्
याम्म झ्याम्म, छ भने मायाँ छपक्कै लाईदेऊ, देउराली व्याण्डका शान्तराज बज्राचार्यले ओ मेरी प्रिय, रुपै तिम्रो देखेर मनै पागल, ढुङ्गे साँघु मेलामा, सागर साहले अचानक तिमी आई दिनाले लगायतका गीत गाउँदा दर्शक झुम्दै नाचेका थिए ।
याम्म झ्याम्म, छ भने मायाँ छपक्कै लाईदेऊ, देउराली व्याण्डका शान्तराज बज्राचार्यले ओ मेरी प्रिय, रुपै तिम्रो देखेर मनै पागल, ढुङ्गे साँघु मेलामा, सागर साहले अचानक तिमी आई दिनाले लगायतका गीत गाउँदा दर्शक झुम्दै नाचेका थिए ।


कार्यक्रमको बिचमा क्लवले आफ्नो वार्षिकोत्सवको अवसरमा आयोजना गरेको जुनियर भलिवल प्रतियोगितामा प्रथम भएको कालिका युवा क्लव, द्वितीय भएको अन्नपूर्ण युथ क्लव र सबोत्कृष्ट खेलाडी प्रितम मल्ललाई नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
Leave a Reply