जी–फन्टको चौथो अधिवेशन सम्पन्न, मनोनित पदाधिकारीहरुलाई शपथ ग्रहण

नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन नेपालगंज मेडिकल कलेज प्रतिष्ठान स्तर कमिटी नेपालगन्जको चौथो अधिवेशन आज सम्पन्न भएको छ ।उद्घाटन सत्र कार्यक्रममा कमिटीका अध्यक्ष अशोक कुमार दीक्षित सभापति, प्रमुख अतिथी उत्तम कुमार श्रेष्ठ–संयोजक स्वास्थ्य क्षेत्र युनियन परिषद्, मुख्य अतिथी–पूर्ण के.सी. प्रदेश नं. ६ का सचिव, अतिथी पूर्ण चन्द्र उपाध्याय प्रदेश नं. ५ का सचिवालय सदस्य बाँके–बर्दिया, समन्वयकर्ता, टी.एन. रावत– प्रदेश नं.५ बाँके इन्चार्ज, टेक बहादुर बहादुर सिजापती–प्रदेश नं. ६ का आर्थिक संयोजक, कृष्णा बहादुर बुढा–प्रदेश नं. ६ का सदस्य, कृष्ण राना भाट–जी–फन्ट जिल्ला अध्यक्ष बाँके, मुस्लिम खान–उपसभापति कर्मचारी संगठन केन्द्रीय कार्यालय कोहलपुर, कुश्माखर बस्याल– महासचिव कर्मचारी संगठन केन्द्रीय कार्यालय कोहलपुर, दिल बहादुर गुरुङ्ग–जी–फन्ट जिल्ला सदस्य, खिम प्रसाद घिमिरे– कर्मचारी संघ विभागीय अध्यक्ष नेपालगन्ज लगायतको अतिथीहरुले आशन ग्रहण गराइएको थियो ।
कार्यक्रमको सुभारम्भमा देशका शहीदहरु प्रति एक मिनेट मौन धारण गरेका थिए । यसैगरी स्वागत मन्तव्य कलेजमा कार्यरत कर्मचारी अनिता थापाले गर्नु भएको थियो भने मन्तव्यका क्रममा कर्मचारी संघ विभागीय कमिटी नेपालगन्जका अध्यक्ष के.पी. घिमिरे, कर्मचारी संगठन केन्द्रीय कार्यालय कोहलपुरका महा–सचिव कुस्माखर बस्याल, जी–फन्ट बाँके जिल्लाका अध्यक्ष कृष्ण राना भाट, प्रदेश नं. ५ बाँकेका इन्चार्ज टी.एन. रावत, प्रदेश नं. ५ सचिवालय सदस्य बाँके–बर्दिया, समन्वयकर्ता, प्रदेश नं. ६ का सचिव पूर्ण के.सी., स्वास्थ्य क्षेत्र यूनियन परिषद्का संयोजक उत्तम कुमार श्रेष्ठ लगायतका वक्ताहरुले जी–फन्टको शिक्षा, संविधान २०७२ मा श्रमजीवीहरुको हक, हित तथा अधिकारको बारे, आउने निर्वाचनमा महिला उम्मेदवारहरुको बारे, ट्रेड यूनियन, जी–फन्ट, श्रम यूनियनहरुको बारेमा तथा श्रमिकहरु लाई नेपाल सरकारद्वारा प्रदान गरिने स्वास्थ्य सुविधाको किसिमबारे प्रकाश पार्दै आ–आप्mना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको समापन कमिटीका अध्यक्ष तथा कार्यक्रमका सभापति अशोक कुमार दीक्षितले गर्नु भएको थियो ।
कार्यक्रम समापन लगत्तै बन्द सत्र शुरु भएको थियो । बन्द सत्रमा आउने २ वर्षको कार्यकालका लागि नेतृत्व गर्नको लागि पूर्ण चन्द्र उपाध्याय संयोजक तथा सदस्यहरुमा टी.एन. रावत, कृष्णा राना भाट, मुस्लिम खान र कृष्ण बुढा लगायतको गठन गरिएको निर्वाचन मण्डलले अध्यक्ष–मुनीर खाँ, उपाध्यक्ष–रईस शाही, सचिव–अनिता थापा, सह–सचिव–यशोदा के.सी., कोषाध्यक्ष– रन्जना चन्द, सदस्यहरुमा गुन्जन बस्नेत, लक्ष्मी बि.क., राधेश्याम यादव, डम्बर डाँगी, नूतन सिंह तथा सरस्वती पन्थी तथा प्रतिनिधीहरुमा अशोक कुमार दीक्षित र पुष्पा पहाडीलाई सर्वसम्मतीबाट पारित गरी मनोनयन गरिएको छ ।
मनोनित पदाधिकारीहरुको नामावली अध्यक्ष मण्डलका अध्यक्ष पूर्ण चन्द उपाध्यायले पढेर सुनाउनु भएको थियो । पदाधिकारीहरुलाई स्वास्थ्य क्षेत्र युनियन परिषद्का संयोजक उत्तम कुमार श्रेष्ठले सपथ ग्रहण गराउनु भएको थियो । कार्यक्रम सञ्चालन अध्यक्ष मण्डलका सदस्य मुस्लिम खानले गर्नु भएको थियो । अध्यक्ष मण्डलले नयाँ मनोनित पदाधिकारीहरुलाई पूmलमाला अबीर लगाई बधाई दिएका थियो भने बन्द सत्रको समापन अध्यक्ष मण्डलका संयोजक पूर्ण चन्द उपाध्यायले गर्नु भएको थियो ।