कृष्ण आचार्य
जन्मदिन मनाउने मानिसका आ–आफ्नै तरिका हुन्छन्, कसैले साथीभाईसंग घुमेर मनाउछन् त कसैले घर परिवारसंग रमाइलो गरेर जन्मदिन मनाउने गर्दछन् । कसैले भोज र पाटी जस्ता फजुल खर्च गरेर पनि जन्मदिन मनाईरहेका हुन्छन् । तर संचारकर्मी रेणु थापाले भने आफ्नो जन्मदिन फरक तरिकाले मनाएकी छन् ।
पोखरा लेखनाथ महानपालिका वडा नं ६ निवासी संचारकर्मी थापाले आफ्नो जन्मदिनको अवसर पारेर मंगलबार पोखराको ढुङ्गेसाघुँमा रहेको नेपाल कृष्ठरोग निवारण संघ पोखरा शाखालाई सहयोग गरेकी हुन् । अघिल्लो वर्ष जस्तै यो बर्ष पनि संचारकर्मी थापाले आफ्नो जन्मदिनको अवसर पारेर नेपाल कृष्ठरोग निवारण संघ पोखरा शाखामा बस्दै आएका १४ जना कृष्ठरोगीहरुलाई सहयोग गरेकी छन् ।
पोखराको पहिलो एफएम माछापुच्छ्रे एफ एम र पोखराको पहिलो टेलिभिजन गोल्डेनआई टेलिभिजनमा कार्यरत रहेकी संचारकर्मी थापाले कृष्ठरोगीहरुलाई ६ हजार बरावरको चामल, दाल, नुन, चिनी, बिस्कुट, मसला, फलफूल लगायतका खाध्यन्न सहयोग गरेकी हुन् । संचारकर्मी थापाले आफु कार्यरत एफएम र टेलिभिजनबाट पाएको तलबको केही प्रतिशत पैसा छुट्याएर सामाजिक सेवामा खर्च गरेको बताईन् ।
थापाले अहिले देखासिकी गर्नेहरुको समय रहेको भन्दै आफुले गरेको यस्तो समाजिक कामले समाजमा सकरात्मक प्रभाव पार्ने पनि बताईन् । जन्म दिने बाबु आमा भगवान सरह रहेको बताउदै थापाले अर्को भगवान मन्दिरमा भन्दा पनि अनाथ र असाहय केन्द्र भेटिने बिचार ब्यक्त गरिन् । भगवनमा नाममा फजुल खर्च गर्नु भन्दा अनाथ र असाहयलाई सहयोग गर्ने हो भने ठुलो पुण्य मिल्ने उनको भनाई थियो ।
Leave a Reply