चौतारीको बरै ढलेछ…

टुडे पोखरा संवाददाता
0Shares

मनोज घर्तीमगर -पोखरा अनि यस आसपासका धेरै ठाउँमा चौतारी भेटिन्थे । कतै बर र पिपल । कतै पिपलको मात्रै चौतारी । कतै समिको चौतारी । चौतारीले घामाछायाँ छेक्न धेरैलाई ओत दिन्थ्यो । पोखराको चिप्लेढुंगा नजिकै पनि ठूलो पिपल चौतारी थियो । भारी बोक्ने भरिया काम खोज्दै यहि पुग्थे । भरिया खोज्नेहरु यतै आउँथे । चाहिए जति कामदार लैजान्थे । अहिले यहाँ न भरिया आउँछन्, न पिपल चौतारी छ । यसको ठाउँ लिएको छ बिपी चोकले । त्यही चोकमा पिपल त लगाइएको छ तर, यसलाई हुर्कन वर्षौ लाग्छ । अहिलेको पुस्ताले यसको शितल भेटाउन सक्ने संभावना छैन । जहिले पनि मान्छे विकासको खोजीमा हुन्छ । हुन पनि विकास निर्माणले नै गाउँसहरको काँचुली फेर्छ । आजभोली विकास जति प्यारो छ, रैथाने जीवनशैलीका दृिष्टले उति नै अप्रिय । विकासले अहिलेको जीवनशैलीका धेरै पाटाहरुलाई हराभरा बनाए पनि रैथाने जीवनपद्धीलाई उजाडेको छ । विकास भित्रँदा धेरै विनास पनि भएको छ । उदाहरण हाम्रै अगाडी छ । दिनदिनै उजाडिंदै गरेको गाउ“ठाउ“का चौतारीहरुलाई विकासले क्वाप्ल्याक्क खाइदिएको छ । ‘जताततै बाटो बनाउन थालेपछि पोखराका धेरै चौतारीहरु भत्काइए’ कवि तीर्थ श्रेष्ठ सम्झन्छन्, ‘यहाँ थुप्रै चौतारी थिए । अँझै पनि चौतारीमा खेलेको याद छ । त्यस्तो अवसर अबको पुस्ताले पाउँदैन ।’
चौतारी ढलेसँगै धेरैका जीवन भोगाइका अनुभूतिहरु पनि ढले । कतैकतै बचेखुचेका चौतारीमा पनि विकासका नाममा डोजर लगाइँदैछ । पीच रोडहरुको लम्बाइ जति बढ्दैछ । चौतारी त्यति सखाप हुँदैछन् । डा“डाका“डामा मोटर गुड्न थालेपछि पैदल यात्री भेटिदैनन् । पसिना पुछ्दै सुस्केरा काढेर उकाली ओराली गर्ने भरिया दाईहरु कहाँ भेटिनु रु तिनले मात्रै बुझ्छन् चौतारीको महत्व । ‘चौतारी मुख्य त थकान मार्ने ठाउँ हो । हिड्दा उहिले चौतारीमा बिसाउनै पथ्र्योै । अहिले ढुवानीको स्वरुपमा परिवर्तन आयो । चौतारीमा नबसे पनि घरमा सामान पुग्छ । गोरेटो बाटोको चौतारो प्रयोग आएनन् । तीनको ठाउँ प्रतिक्षालयले लिए । चौतारी स“स्कृतिसँगको नेपाली जनजीवनको नाता टुट्दै गएको छ’ समाजशास्त्री एवं प्राध्यापक रामबहादुर गुरुङको दाबी छ,‘अहिलेको पुस्तालाई चौतारीको महत्व थाहै छैन । चौतारी निर्माण गर्नु त धेरै टाढाको कुरा हो । फेरी जहाँ यातायात छैन । त्यहाँ चौतारीको महत्व अहिले पनि उत्तिकै छ ।’ समय बदलिँदै छ । बदलिँदो समयस“गस“गै ‘चौतारी सँस्कृति’ ओझेलमा पर्न थालेको दशकौं भइसक्यो । शताब्दियौंदेखिको चौतारी सँस्कृति र नेपाली जनजीवनको नातासम्बन्ध टुट्दै गरेको घटनाको साÔी बन्नुपर्दा इतिहासविद् प्राडा दिलबहादुर क्षेत्रीलाई नरमाइलो लाग्छ । ‘चौतारीको महत्व भनिसाध्यै छैन । चौतारीहरुमा भारीमात्र बिसाइ“दैन । थकाइ मात्र पनि मारि“दैन’ क्षत्री चौतारीको बयान गर्न थाक्दैनन्, ‘सार्वजनिक थलो भएकोले यहा“ गाउ“घरका सानातिना मुद्दामामिला छिन्न कहचरी पनि बसिन्थ्यो । अब ति इतिहास भइसके ।’ फूर्सदको बेला चौतारीमा बसेर साथीसँगीहरुबीच भलाकुसारी । नचिनेका बटुवाहरुबीच चिनजानी । अनि थकाइका सुस्केराहरुबीच सुख दुःखका गफगाफ हुन्थे । चौतारीमा घा“स, दाउरालगायतका ज्यानले बोक्ने सबै किसिमका भारी बिसाइन्थे । ज्यानको भारीमात्र बिसाइ“दैन, मनको भारी पनि बिसाइन्छ चौतारीमा । त्यसैले चौतारी मनको भारी बिसाउने थलो पनि हो । ‘चौतारी र त्यहा“ रोपिने बर, पीपल, ला“कुरीले सबैभन्दा धेरै अक्सिजन दिन्छन्’ वातावरणविद् डा। कृष्ण केसी। चौतारी महिमा सुनाउँछन्,‘जो वातावरण सन्तुलनमा पनि उत्तिकै महत्व राख्छन् ।’ परोपकारी भावना भएका हाम्रा पूर्खाहरुले बटुवा एवम् भरियाहरु हिंड्ने डा“डाका“डा, देउराली र भञ्ज्याङमा चौतारी बनाए । थकित बटुवा र भरियाहरुलाई छहारी र आश्रय दिने काम गरे । उनीहरुले चौतारीमा बर, पीपल, ला“कुरीजस्ता बिरुवा रोपे । परिवारको कुनै सदस्य खस्दा उसको सम्झनामा चौतारी बनाउने चलन हामीकहा“ अहिले पनि कतैकतै पाइन्छ । एउटा परिवारभित्र भएको क्षतिलाई सम्झिरहने बहाना पनि हो यो । देख्दा व्यक्तिगत जस्तो देखिए पनि समाजिक हितका लागि यो सिर्जनशील काम थियो । ‘चौतारी बनाम् भन्नेहरु पनि छैनन् । अहिले सँस्कारै गलत भयो’ गायिका एवं सँस्कृतिकर्मी हरिदेवी कोइराला भन्छिन्,‘पोखरामा धेरै ठाउँमा चौतारी थिए कोही ढालिए कोही आफै ढले । धेरै चौतारीहरु लोप भए ।’लाहुरे र चौतारी संस्कृतिको साइनो जति गहिरो छ अरुसँग छैन होला । पोखरा र बुटवललाई जोड्ने ‘सिद्धार्थ राजमार्ग’ बनेपछि गण्डकी अञ्चलका लाहुरेका धेरै अनुभूतिहरु सम्झनामा मात्र सीमित भए । छुट्टी पूरा गरेर पल्टनतिर फकर्दा पोखराबाट बुट्वलसम्मको पैदलयात्रा उनीहरुका लागि सम्झनायोग्य थिए । साथीसंगी र चेलीबेटीले दिने सम्झना कोसेलीका पोको पुन्तुरो झोलाभित्र खोचेर थुप्रै खोलानाला, देउराली अनि भञ्ज्याङ पार गर्दै बटौली पुग्दा उनीहरु कति चौतारीमा बसे, बसे । ‘पल्टन जाँदा र आउँदा सबैभन्दा प्रिय लाग्ने चिज चौतारी पनि थिए । जहाँ माटोको गाग्रीको चिसो पानी खान पाइन्थ्यो’ १०१ वर्षियय भूपू गोर्खा सैनिक धनकाजी गुरुङ स्मरण गर्छन्, ‘चौतारीमा हाम्रा भरियासँगै चिसो हावा खाँदै थकाइ माथ्र्यौ । अहिले यस्ता चौतारी देख्न पाइदैन ।’