खेलकुदको शहरको रुपमा विकास भईरहेको पोखराको वडा नं. १ पुरानो टुडिखेलस्थित बुद्धटोल युवा क्लबले आउदो चैत्र १९ गतेदेखि २६ गतेसम्म बिरेन स्मृति ११ औं बि.टी. कप सेभेन ए साइड फुटवल प्रतियोगिता २०७३ आयोजना गर्ने भएको छ ।क्लवले सोमवार पुरानो टुडिखेलस्थित भूपू सैनिक क्लवमा आयोजित पत्रकार सम्मेलन गरी उक्त जानकारी गराउदै प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ रुपैयासहित सिल्ड, मेडल र प्रमाणपत्र, उपविजेताले ६० हजार १११ रुपैयासहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने सचिव रेशम सापकोटाले जानकारी दिए ।
पुरानो टुडिखेलमा हुने प्रतियोगितामा सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट खेलाडी, अनुशासित टिम, बेष्ट डिफेन्स, बेष्ट मिडफिल्डर, बेष्ट गोलरक्षकलाई पुरस्कृत गरिने भएको छ । यसरी नै क्वाटर फाइनलबाट म्यान अफ दि म्याच पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक प्रदिप राईले जानकारी दिए ।४० भन्दा बढी टिमको सहभागीता रहने अपेक्षा गरिएको प्रतियोगितामा सहभागीताका लागि टिम दर्ता चैत्र १७ गतेसम् मगर्न सकिने क्लवका सदस्य अमृत गुरुङले जानकारी दिनुभयो ।
९ लाख ५७ हजार खर्च लाग्ने अनुमान गरिएको प्रतियोगिताका लागि बिटी फेमिली युके, हङकङ, पोर्चुगल लगायत विदेश र स्वदेशका संघ संस्था र महानुभावहरुको सहयोग रहने अपेक्षा गरिएको उपाध्यक्ष श्री विजया गुरुङले बताए ।
२०६३ सालमा स्थापित क्लवले नियमित रुपमा बिटी कप सेभेन ए साइड फुटवल प्रतियोगिताको दशौं संस्करण गत वर्ष सम्पन्न गरेको हो भने यस वर्षदेखि क्लवका सल्लाहकार बिरेन गुरुङको स्मृतिमा चैत्र महिनाको १९ गतेदेखि बिटी कप गर्ने निर्णय क्लवले गरेको हो । सल्लाहकार बिरेन गुरुङको २०७२ साल चैत्र १९ गते अल्पायुमै निधन भएको थियो ।
क्लवले बिटी कप सहित मेला, महोत्सव, सरसफाई, डष्टविन वितरण, भुकम्प पीडितलाई राहत वितरण, भुकम्प पीडित विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै युवाहरुलाई सामाजिकरणको माध्यमबाट समाजसेवा गर्दै आइरहेको छ भने बिटी कपको माध्यमबाट खेलकुद क्षेत्रमा योगदान दिदै आएको सल्लाहकार राधा गुरुङले बताए ।खेल मार्फत युवाहरुलाई सामाजिकरण र राष्ट्रलाई योगदान पुर्याउन आयोजना गरिने बिटी कप भव्यताका साथ सम्पन्न गर्न गराउन सहयोगको लागि प्रचार संयोजक असिम थापाले आग्रह गर्नुभयो । बिटी कपको गतवर्षको उपाधी बाँझापाटनको बी—१३ ले जितेको थियो
Leave a Reply