चारभञ्ज्याङको विकासका लागि मेरो साथः पूर्व प्रधानमन्त्री डा.भट्टराई

 

पर्वत जिल्लाको चारभञ्ज्याङ क्षेत्र भँगरा, दाद्रा, ठानामौला र लामे गाँउको विकासका लागि पुर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले आफ्नो साथ रहेको बताउनुभएको छ ।
चारभञ्ज्याङ तमु समाज अन्र्तराष्ट्रिय समन्वय समितिद्धारा काठमाडौंमा आयोजित विद्धान नेता डा.भट्टराईसँगको भेटघाट तथा अन्र्तक्रिया कार्यक्रममा डा. भट्टराईले विकासको धेरै संभावना भएर पनि पछि परेको चारभञ्ज्याङ क्षेत्रको समृद्धिको लागि आफ्नो सहयोग रहने प्रतिवद्धता जनाउनुभएको हो । अहिले आफु जनताको मायाले प्रतिनीधि सभा सदस्य रहेकाले चारभञ्ज्याङको विकासको लागि साथै रहेको सम्झन आग्रह गर्नुभयो ।
सबैको चाहना विकास र समृद्धि भएकाले सबै जाति समुदायलाई समानुपातिक प्रतिनीधित्व गराउनुपर्छ भन्नुहुदै पुर्व प्रधानमन्त्री डा.भट्टराईले दिगो विकासका लागि भौतिक विकास सहित आत्मिक सुखी आमनागरिकले प्राप्त गर्नुपर्ने बताउनुभयो ।
उहाले राजनीति सङलो नभएसम्म मुलुक समृद्ध हुन नसक्ने भन्दै अत्यन्तै इमान्दार, लगनशील, कर्तत्वनिष्ट, सङ्लोभावना भएका तमु लगायत आदिवासी जनजातिहरु राजनीति नेतृत्वमा आउनु पर्ने धारणा राख्नुभयो । पुरानाहरुले मुलुकमा बेथिती, भ्रष्टचार मात्रै बढवा दिदै आएकाले समृद्धि नेपाल निर्माणका लागि बैकल्पिक राजनीतिक शक्ति आवाश्यकताको खाँचो औल्याउनुभयो ।
कार्यक्रममा चारभञ्ज्याङ तमु समाज युकेका पुर्व अध्यक्ष तथा अन्र्तराष्ट्रिय समन्वय समितिका संरक्षक ले.चन्द्रबहादुर गुरुङले चारभञ्ज्याङको विकास र सेवाका लागि देश विदेशमा रहेर गर्दै आएको पहलको बारेमा प्रस्तुती गर्नुभएको थियो । हामीले नागरिकस्तरबाट चारभञ्ज्याङ तमु समाज युके, पोखरा, काठमाडौं, हङकङको तर्फबाट चारभञ्ज्याङको स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, साँस्कृतिक विविधताको संरक्षणका लागि योगदान गरिरहेको तर राज्यबाट कुनै सहयोग नभएको गुनासो गर्नुहुदै डा.भट्टराईसँग सहयोगको पहलको लागि आग्रह गर्नुभयो ।
नयाँ शक्ति पार्टी नेपालकी केन्द्रीय परिषद सदस्य तथा चारभञ्ज्याङको चेली कमला गुरुङले विकास र समृद्धिका लागि अब तमु, लगायत आदिवासी जनजातिहरुमा राजनीतिक पहुँच स्थापित गर्न जुट्नुपर्ने बताउनुभयो । सामाजिक साँस्कृतिक क्रियाकलापले मात्रै विकासको अगुवाई गर्ने मार्ग प्रसस्त नहुने भएकाले राज्यको श्रोतसम्म पुग्न राजनीतिमा सहभागी हुनै पर्ने उहाँको सुझाव थियो ।
चारभञ्ज्याङ तमु समाज अन्र्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष क्या.चन्द्रप्रसाद गुरुङले समन्वय समिति र तमु समाजहरुको स्थापनाको आवाश्यकताको चर्चा गर्नुहुदै विकासमा पनि चारभञ्ज्याङ अन्यायमा परेको बताउनुभयो । उहाँले नेपालकै नमुना चारभञ्ज्याङ स्वास्थ्य केन्द्र टेलिमेडिसिन क्लिनिक खाल्टेमा सञ्चालन गरिरहेको र साथ सहयोगको अपेक्षा गर्नुभयो ।
चारभञ्ज्याङ स्वास्थ्य केन्द्र टेलिमेडिसिन क्लिनिकका व्यवस्थापन समितिका अध्यक्ष निलकुमार रिजालले स्वागत मन्तव्य व्यक्त गर्नुहुदै नागरिकस्तरबाट सेवा र विकासका धेरै गतिविधी चारभञ्ज्याङ भईरहे पनि राज्यको साथ प्राप्त हुन नसकेको गुनासो गर्नुभयो । उहाँले टेलिमेडिसिनबाट निशुल्क स्वास्थ्य सेवा र ओषधि वितरण भईरहेको जानकारी दिनुहुदै देश विदेशमा रहेका सहयोगीहरुको सहयोगले मात्रै टेलिमेडिसिन सञ्चालन कठिनाई भएकाले नेता डा. भट्टराई, नेतृ हिसिला यमीलाई सहयोगको आग्रह गर्नुभयो ।
कार्यक्रममा पुर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईलाई चारभञ्ज्याङ तमु समाज अन्र्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष क्या.चन्द्रप्रसाद गुरुङले ध्यानाकर्षण पत्र हस्तान्तरण गर्नुभएको थियो भने चारभञ्ज्याङको पहिचान झल्कने मायाको चिनो प्रदान गर्नुभएको थियो । डा.भट्राईलाई फेटा र यमीलाई क्रमु खादाले स्वागत सम्मान गरिएको थियो ।
चारभञ्ज्याङ तमु समाज अन्र्तराष्ट्रिय समन्वय समितिका महासचिव हुमबहादुर गुरुङले सञ्चालन गर्नुभएको कार्यक्रममा डा.भट्टराईका साथमा नेतृ पुर्व मन्त्री हिसिला यमी, नया शक्ति पार्टीका युके संयोजक धनबहादुर गुरुङ लगायत चारभञ्ज्याङ तमु समाज पोखराका अध्यक्ष प्रदीप गुरुङ, काठमाडौं अध्यक्ष क्या.नारायणबहादुर गुरुङ, हङकङ अध्यक्ष अनिता गुरुङ, आइसिसि प्रवक्ता डिवी गुरुङ, चारभञ्ज्याङ क्षेत्र विकास आयोजनाका निर्देशक क्या.देउबहादुर गुरुङ लगायत विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।