घले समाज जापानका अध्यक्षलाई पोखरामा स्वागत् ।
पोखरा २०७४ माघ ६ गते
सुक घले
घले समाज कास्कीले अन्तराष्टिय समन्व्य समितिका सदस्य तथा जापान घले समाजका अध्यक्ष पूर्ण बहादुर घले (डेन्जरडन) लाई २०७४ माघ २ गते पोखरामा स्वागत् गरिएको थियो साथमा अन्तराष्टिय समन्व्य समितिका सल्लाहकार तथा २०७४ भि.सि गजे घले पुरस्कारबाट सम्मानित चन्द्र घलेलाई पनि कास्की घले समाजले आफ्नो संस्कृतिक भवनमा स्वागत् गरिएको थियो ।
घले जातिको पहिलो निर्मित घले संस्कृति भवनलाई निरिक्षण गर्दै घले समाज जापानका अध्यक्ष पूर्ण बहादुर डांगे घले र साथमा उहाको धर्मपत्नि बाल कुमारी घ्याल्दुङ घलेले विश्वमा छरिएर बसेका घलेहरु एकजुट भएर आफ्नो जातिय भवन निर्माण गरिएकोमा खुशी व्यक्त गरिएको थियो ।
यसरी नै सबै घलेहरु एकजुट भई आफ्नो जातिय पहिचान जोगाउन सबै जिल्लाहरुमा आफ्नो समाज घरहरु निर्माण गरि सबै घलेहरुलाई गोल्बद्ध गर्नु पर्ने बताउनु भयो । सो भेटघाट अवसरमा घले समाज जापानका अध्यक्ष पूर्ण बहादुर डांगे घले र उहाको धर्मपत्नि बाल कुमारी घ्याल्दुङ घलेले घले समाज कास्कीका निर्मित घले संस्कृति भवनलाई खाने पानी जडानमा लाग्ने रु ६००००।– बराबरको आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
Leave a Reply