ग्रामिण भेगका बिद्यालयलाई रोटरी क्लब अफ पोखरा न्युरोडको सहयोग

रोटरी क्लब अफ पोखरा न्युरोडले स्टुडेण्ट सपोर्ट कार्यक्रम अन्र्तगत जुम्ला, बाँके र बर्दियाका गाँउमा रहेका विभिन्न बिद्यालयहरुमा स्टेशनरी, लत्ता कपडा, किट ब्याग, सेनेटरी प्याड, स्कुल जुत्ता मोजा तथा झोला गरि ८ लाख ४३ हजार बराबरको सामाग्री बितरण गरेको छ । क्लबका अध्यक्ष प्रेमप्रसाद शर्माको नेतृत्वमा पुगेको टोलीले उक्त सामाग्री बितरण गरेको हो । क्लबले जुम्लाको बोहोरा गाँउमा रहेको रत्न चुण्डेश्वर उच्च मावि, सरस्वती मावि कुँडारी, महादेव प्रावी, ताल्चामा ति सामाग्री बितरण गरेको हो ।

यसैगरि बर्दियाको बेतहनीमा रहेको नेपाल राष्ट्रिय आधारभुत बिद्यालय, बाँकेको छपनियामा स्थित सुन्दर आधारभुत बिद्यालयमा पनि स्टेशनरी, लत्ता कपडा, किट ब्याग, सेनेटरी प्याड, स्कुल जुत्ता मोजा तथा झोला लगायतका सामाग्री बितरण गरिएको क्लबका पिआर अफिसर रामबिक्रम अधिकारीले जानकारी दिए । कार्यक्रमममा क्लबका सदस्यहरु अना सोफिया, करुणा मिया, प्रतिभा शर्मा, डा. जोसेफिना, सरोज भट्टराई, भरत पौडेल, घनश्याम तिमिल्सिना लगायतको सहभागिता रहेको थियो ।

सेवाको उच्च भावले प्रेरित भई स्थापित अन्र्तराष्ट्रिय क्लब रोटरी क्बल अफ पोखरा न्युरोडले ग्रामिण भेगका स्कुलहरुमा देखिएको आवश्यकतालाई परिपूर्ति गर्न सहयोग गरिएको क्लबका अध्यक्ष प्रेमप्रसाद शर्माले बताए । कार्यक्रमका लागि बाबा फाउण्डेशन, आर.डि विष्ट, मोनाकलर तथा क्लबका सदस्यहरुले सहयोग गरेका थिए ।