गौरीशंकर मनिलालको छात्रबासलाई नगद सहयोग

पोखरा, १ फागुन÷ कास्कीको क्यानोनिङ गाउँ ल्वाङघलेलस्थित गौरीशंकर मनिलाल माध्यामिक विद्यालयलको छात्रबासलाई नगद सहयोग प्राप्त भएको छ । मेरीगोल्ड चेनले विदेशी दाताहरूको सहयोगमा संकलन गरेको ६७ हजार रुपियाँ छात्रबासलाई प्रदान गरिएको हो । छात्रबासमा यसवर्षको एस.इ.सी. (स्कूल एजुकेशन सर्टिफिकेट) परीक्षा दिने विद्यार्थीहरू अध्ययनरत छन् । आर्थिक कठिनाइले छात्रबासको व्यवस्थापन गर्न कठिन भएको अवस्थामा मेरीगोल्ड चेनको सहयोेगले सहज भएको विद्यालयका प्रधानाध्यापक रक्षबहादुर क्षेत्रीले बताए ।

आर्थिक समस्या झेल्दै आएको विद्यालय र गरिब तथा जेहेन्दार विद्यार्थीहरूको शैक्षिक विकासमा सहयोग गर्ने उद्देश्यले मेरीगोल्ड चेनले रकम संकलनको जोहो गरेको संस्थाका संस्थापक रामबहादुर गुरुङले बताए । पर्यटन व्यवसायीसमेत रहेका गुरुङले यसअघि उक्त विद्यालयमा इन्टरनेट सेवा जडान गरिदिएका थिए । विद्यालय प्रा·णमा आइतबार आयोजित एक कार्यक्रमका बीच पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर गुरुङले उक्त रकम विद्यालयका प्रधानाध्यापक रक्षबहादुर क्षेत्रीलाई हस्तातरण गरे । उनले शिक्षा क्षेत्रमा सहयोगी दातले गरेको कर्मप्रति मुक्तकण्ठले प्रशंसा व्यक्त गरे । नेपाली काँग्रेसका महासमिति सदस्य हरिमाया गुरुङले शिक्षा क्षेत्रको विकासले सम्पूर्ण देशको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शुकबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक जीतबहादुर क्षेत्री, पूर्व स्रोतव्यक्ति कमलबहादुर गुरुङ, भूपू विद्यार्थी सीता अधिकारी लगायतले शिक्षा क्षेत्रमा गरिएको सहयोगले गाउँकै भविष्य उज्यालो हुने बताए ।