गौरका बाढी पीडितलाई सच्चाई केन्द्र नेपाल कास्कीको सहयोग

पूर्वी तराईको रौतहट जिल्लास्थित गौरका बाढी पीडितलाई ईश्वरी मार्ग भजन मण्डल सच्चाई केन्द्र नेपाल कास्कीले सहयोग हस्तान्तरण गरेको छ ।
खाद्यान्नमा चामाल, बस्न सजिलोका लागि त्रिपाल, बाढी पीडितले लगाउने दुई ट्रक लत्ताकपडा लगायतका समाग्री गरि करिब आठ लाख बराबरको सहयोग गरिएकोे संस्थाका अध्यक्ष प्रकाशदिप गैह्रैले जानकारी दिए । अध्यक्ष गैह्रेका अनुसार चामल एक मिनि ट्रक, दुई ट्रक कपडा, त्रिपाल लगाएतको सहयोग हस्तान्तरण गरिएको थियो ।
गौरका बाढी पीडितले सहयोग सामाग्री पाएपछि पहाडी क्षेत्रबाट तराईमा पुगेर सहयोग दिने सच्चाई केन्द्रलाई धान्यवाद दिएका थिए । बाढी पीडितलाई राहत बाँड्न संस्थाका उपाध्यक्ष सुशीला कट्टेल गैह्रे, संस्थाका महासचिव तारा नेपाली, विरौटा शाखा अध्यक्ष मनशोभा गुरुङ, उपाध्यक्ष भगवना रानाभाट काहुँखोला शाखा अध्यक्ष रामकुमार खत्री, काठमाडौं कपन शाखाका अध्यक्ष सन्तोषी भट्टराई, सदस्य रञ्जना राजभण्डारी, म्हैपी शाखाका अध्यक्ष राजु श्रेष्ठ र सदस्य यम सुनार गौर पुगेका थिए ।