गोविन्द रिजालको तिज कोसेली ‘झलल मुग्लिनको बजार’

लोक गायनको उर्वरभूमी स्याङ्गजा जिल्लामा जन्मी लामो समयदेखि मुग्लिन बजारलाई नै कर्म क्षेत्र बनाईरहेका गायक गोविन्द रिजालले कोसेलीको रुपमा तीजे गीत झलल मुग्लिनको बजार बोलको गीत बजारमा ल्याएका छन् । शुक्रबारदेखि युट्युब मार्फत सार्वजनिक गरिएको गीतमा गायक गोविन्द रिजाललाई महिला स्वरमा स्थानीय सञ्चारकर्मी शान्ति न्यौपानेले साथ दिएकि छिन् ।
गीतमा शब्द तथा लय संकलन चन्द्र परियारको छ भने म्यूजिक भिडियोमा प्रकाश सपुत, आरुसी मगर, मनोज त्रिपाठी, माया गुरुङ्गको अभिनय र प्रकाश भट्टको निर्देशन छ । साई भिजन प्रा। लि मार्फत बजारमा आएको गीतमा मुग्लिनको पहिचान समेत समेटिएको छ ।
आफ्नो सांगितिक यात्राको पहिलो तीज गीत भए पनि गीत र म्युजिक भिडियो राम्रो बनेकोले दर्शक र श्रोताहरुले अत्यधिक मन पराउनेमा आफु ढुक्क रहेको गायक रिजालले बताए ।
गायक रिजालले अहिलेसम्म आधा दर्जन गीतमा स्वर दिनुका साथै दर्जनौ लोकदोहोरी गीत प्रतियोगितामा जीतेर विभिन्न सम्मानहरु समेत पाएका छन् ।

हेर्नुहोस भिडियो