अभिनेत्री पूजना प्रधानलाई म्यूजिक भिडियो निर्देशक एवं मोडल गोविन्द पुनमगरले ‘पानफूले पछ्यौरी’ दिएका छन् । गोविन्दले आफ्नै स्वरमा बजारमा ल्याएको मौलिक दोहोरी गीत ‘पानफूले पछ्यौरी’को म्यूजिक भिडियोमा अभिनेत्री पूजनालाई पानफूले पछ्यौरी दिएका हुन् । म्यूजिक भिडियोमा पूजना र गोविन्दको अभिनय छ ।
झण्डै दुई दर्जनबढी म्यूजिक भिडियो निर्देशन गरिसकेका गोविन्द बहुप्रतिभाशाली कलाकार हुन् । मोडलिङबाट नेपाली गीत संगीतको क्षेत्रमा आफ्नो यात्रा सुरु गरेका गोविन्दले निर्देशनसँगै शब्द र लय सिर्जनामा पनि उत्तिकै दख्खल राख्छन् । हालसम्म थुप्रै गीतमा आफूले शब्द र लय सिर्जना गरेर अरुलाई गाउन दिँदै आएका उनले यसपटक भने आफैंले गाएका छन् ।
‘पानफूले पछ्यौरी’को गीतमा उनलाई देवी घर्तीमगरले स्वरमा साथ दिएकी छिन् । उनको आफ्नै शब्द सिर्जना र दानबहादुर श्रीसमगरको लय संकलन रहेको यस गीतको म्यूजिक भिडियो छायाड्ढन भने स्याङ्जाको हरिनाश गाउँपालिका–४, चित्रेभञ्ज्याङ, ढुड्डेठाँटीमा गरिएको हो । टाइगर्स फिल्मस् प्रालिले बजारमा ल्याएको म्यूजिक भिडियोको छायाड्ढन दानबहादुर श्रीसमगर र मिलन गुरुङ तथा सम्पादन दानबहादुर श्रीसमगरले गरेका हुन् ।
‘मैले पहिलोपटक गीत गाएको छु’, गोविन्दले भने, ‘दर्शक, स्रोताले अन्य गीतलाई झैं माया गरिदिनुहुने आशा गरेको छु, त्यतिमात्र नभएर सल्लाह, सुझावको पनि अपेक्षा राखेको छु ।’ स्याङ्जाको चित्रेभञ्ज्याङ क्षेत्रमा प्रचलित मौलिक दोहोरी भएकाले दर्शक, स्रोताले माया गरिदिनेमा उनी आशावादी छन् ।
यस गीतलाई युट्युबमा हेर्नका लागि
Leave a Reply