राजधानीमा शनिवार एक कार्यक्रमकाविच गोरे बहादुर खपाङ्गी फाउण्डेशनद्वारा आयोजित “नेपालको राजनितिमा गोरे बहादुर खपाङ्गीको योगदान विषयक” अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कर्यक्रम फाउण्डेशनका अध्यक्ष हुम बहादुर थापा मगरले सभापतित्व गरेका थिए ।कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि डा. केशवमान शाक्यले नेपालमा आदिवासी जनजाती महासंघको स्थापना समकक्षी हुनुमा खपाङ्गीको ठुलो योगदान रहेको बताए ।
अतिथिहरु माननीय सांसद अनिल कुमार झा, डा. ओम गुरुङ्ग, डा. श्रीराम शर्मा, मगर बुद्घ संघ नेपालका अध्यक्ष क्या. देउ बहादुर राना मगर, नेपाल मगर संघका पूर्व अध्यक्ष यम बहादुर बुढाथोकी मगर,अधिवक्ता गौ बहादुर आले मगर, मगर्स क्रियसन इन्भेस्टमेन्ट प्रा.लि. का सि.इ.ओ. आशिरवाद पुन मगर, मेजर हरि बहादुर थापा मगर, मगर साँस्कृतिक संघका अध्यक्ष कविराज मगर, राजनितिज्ञ बलदिप राई, अधिवक्ता केहेर सिं राना मगर, समाजसेवी गुप्त बहादुर राना मगर, गम बहादुर थापा मगर र सन्जोग लाफा मगरको उपस्थिति रहेको थियो । प्रमुख अतिथि डा. केशवमान शाक्यले नेता गोरे बहादुर खपाङ्गी मगरको तस्वीरमा खादा अर्पण गरि कार्यक्रम शुरु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अधिवक्ता केहेर सिं राना मगरले वहाँको लगनशीलता, इमान्दारीता र चिन्तनप्रति सदैव प्रभावित भएको र वहाँले मगरहरुमा आत्मविश्वास जगाएको विचार व्यक्त गर्नुभयो भने यम बहादुर बुढाथोकीले वहाँ बहुआयामिक, स्पष्ट वक्ता र मास कन्ट्रोल गर्ने अभुतपूर्ण क्षमता भएको व्यक्तिको रुपमा चित्रण गर्नुका साथै आफ्नो सहपाठीलाई विश्वस्त पारी अनिवार्य संस्कृत विषय पाठ्यक्रमबाट हटाउन सफल भएको कुरा बताउनु भयो । त्यसैगरी अधिवक्ता गौ बहादुर आल मगरले गोरे बहादुर खपाङ्गी र एम.एस. थापाद्वारा स्थापित नितिले अहिलेको संविधानमा जनजाति, महिला र दलितलाई समावेश गर्न वाध्यताको अवस्था सिर्जना गरेको अभिव्यक्ति पस्तुत गर्नु भयो । सम्बोधनकै क्रममा बलदिप राईले खपाङ्गीको योगदान भनेकै पछ्याउने होइन हिड्ने हो, बनाइने होइन बन्ने हो र पिछलग्गु होइन समकक्षी बन्ने हो भन्ने कुरा बताए।
माननीय अनिल कुमार झाले खपाङ्गी जस्ता नेता पाएर पनि आदिवासी जनजातिले वहाबाट फाइदा उठाउन नसकेको विचार व्यक्त गर्नुभयो भने डा. श्रीराम शर्माले खपाङ्गी सबैको प्रेरणाको श्रोत भएको बताउनु भयो । त्यस्तै डा. ओम गुरुङ्गले आदिवासी जनजातिको भाषा, संस्कृति, धर्म संस्कारको संरक्षण सम्बद्र्घनको विषयलाई लिएर जुन किसिमको जातिय चेतनाको बिजारोपण गर्नुभयो र आदिवासी जनजातिको अधिकारमुखि सन्देश फैलाउन सफल हुनु भयो त्यो नेपालको आदिवासी जनजाति इतिहासमा स्वर्णीम अक्षरमा लेख्नुपर्ने अभिमत राख्नुभयो । अन्त्यमा कार्यक्रमका सभापति हुम बहादुर थापा मगरले गोरे बहादुर खपाङ्गी फाउडेसनले धेरै काम गर्न बाँकी भएको कुरा राख्दै प्रमुख अतिथि, अतिथि तथा उपस्थित सबैमा धन्यवाद टक््रयाउदै कार्यक्रम औपचारिक समापनको घोषणा गरेका थिए ।
Leave a Reply