-आदिवासी मगरका बारेमा, शोधकार्य गर्ने शोधार्थी तथा विद्यार्थी, मगर सम्बन्धी लेख लेख्ने लेखकहरु, तथा मगर जाति सम्बन्धी प्रकाशन भएका पुस्तक, शोधमुलक लेखहरुको बारेमा जानकारी राख्न चाहानेहरुका लागि मगर अध्ययन केन्द्रद्वारा तयार पारिएको पुस्तक “नेपालका आदिवासी मगरः सन्दर्भ विवरणिका” नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा सदस्य सचिव प्रा.डा. जिवेन्द्रदेव गिरीको प्रमुख आतिथ्यमा पुस्तक विमोचन भएको छ ।
उक्त कार्यक्रमको अध्यक्षता मगर अध्ययन केन्द्रका अध्यक्ष डा. गोविन्द प्रसाद थापाले गर्नु भएको थियो । सो कार्यक्रममा प्रा.डा. डिल्लीराज दाहाल, प्रा.डा दिनेशराज पन्त ,नेपाल मगर संघका महासचिव ज्ञानेन्द्र पुन, गोरे बहादुर खपाङ्गी फाउन्डेशनका अध्यक्ष हुम बहादुर थापा मगर, बम कुमारी बुढा मगर , प्राज्ञ विष्णु प्रभात, आदिबासी जनजाति राष्टिय उत्थान प्रतिष्ठानका पूर्ब सदस्य सचिब लोक बहादुर थापा मगर अतिथी रहेका थिए ।
पुस्तकको बारेमा प्राज्ञ लोक बहादुर थापा, प्राज्ञ दिनेशराज पन्त, प्रा.डा. डिल्लीराज दाहाले टिप्पणी गर्नुभएको थियो । उहाँहरुले पुस्तकले मगर जातिको बारेमा सहि जानकारी दिने र मगरको जातिको इतिहास, उत्पत्तीको खोज कार्यलाई मार्गनिर्देशन गर्न सक्ने र समग्रमा मगर जाति बारे शोधकार्य गर्नका लागि उपयोगी रहेको बताएका थिए ।
प्राज्ञ विष्णु प्रभातले मगर जातिको प्रष्ट इतिहास इसाको पहिलो÷दोस्रो सताब्दीमा देखिसकेको र बोन दर्शन (जसलाई त्यतिबेला पोन भनिन्थ्यो)का प्रबद्र्धकहरु मगरहरु थिए भनि मगर जातिको इतिहास निकै पुरानो भएको बताएका थिए ।
सम्पादक विष्णुकुमार सिंजालीले टिप्पणीकर्ता विद्वानहरु तथा सम्पाद मण्डलको स्वयंसेवाको भावनाले अहोरात्र खटेको कारणबाट पुस्तक प्रकाशन सम्भव भएको बताउँदै पुस्तकमा छुटेका विषय वस्तुहरु, सन्दर्भ सामग्रीहरुको वर्गिकृत सुची, समयकालक्रम अनुसार सन्दर्भ सामग्रीहरुको सुची आदि सम्पादनमा भएको समय अभावका कारण पुस्तकमा उल्लेख गर्न नसकिए पनि आउँदो संस्करणमा संलग्न गरिने जानकारीका साथ सम्पादन गरिंदाका अनुभवहरु बताएका थिए ।
यसै गरी प्रमुख अतिथी प्रा.डा. जिवेन्द्रदेव गिरीले मगर जातिको चर्चा गर्दै पुस्तकले मगर जातिको प्राज्ञिक कार्यमा सघाएको बताउनु भएको थियो । कार्यक्रमको सञ्चालन रञ्जना थापामगरले गर्नुभएको थियो र स्वागत मन्तब्य प्रतिभा पुनको रहेको थियो ।
अन्तमा कार्यक्रमका अध्यक्ष डा. गोविन्द प्रसाद थापाले प्रकाशित पुस्तक “नेपालका आदिवासी मगरः सन्दर्भ विवरणिका” विक्रिीवितरणबाट आउने सम्पूर्ण रकम गोरेबहादुर खपाङ्गी फाउन्डेशनद्धारा स्थापीत छात्रवृत्ती अक्षयकोषमा जम्मा हुने जानकारी दिंदै, छात्रवृत्ती कार्यक्रमले नयाँ प्राज्ञिक व्यत्तित्वहरु जन्माउने र मगर समाज तथा देशको समृद्धिमा टेवा पुर्याउने बताउँदै सभाको विसर्जन गरेका थिए ।
Leave a Reply