स्थानिय समस्या बुझेको छु ः पालिखे

स्वतन्त्र उमेदवार नरेश शंकर पालिखेले पोखराको स्थानिय समस्या आफुहरुलाई पहिचान भएकाले सोही अनुसार काम गर्ने बताएका छन ।
पोखराको बगालेटोल, सिमलचौर, र्सिजनाचोक लगायतका स्थानहरुमा घरदैलोमा रहेका पालिखेले पोखराको स्थानिय समस्या बुझेकाले बिकासका लागि आफुलाई मतदान गर्न आग्रह गरका छन । पोखराको पर्यटकिय र ब्यापारीक क्षेत्रको रुपमा रहेको दुई नम्वर क्षेत्रलाई नमुना बनाउने गरि काम गर्ने आफुहरुको चाहना भएकाले बालक चिन्हमा मतदान गर्न उनले आग्रह गरे । रहरले मात्र बिकास हुने होईन, बिकासका लागि अध्ययन र अनुभव चाहिन्छ – पालिखेको भनाई थियो । जिवनभर पैसाका लागि दौडीएकाहरुले राजनिति र बिकास बुझन नसक्ने उनको भनाई थियो । जसले राजनितिको अध्ययन गरेको हुन्छ उसलाई संबृद्धी कसरी गर्ने भन्ने बार ज्ञान हुन्छ , बिना राजनिति नेता बन्न रहर गरेर नहुने पालिखेको भनाई थियो ।
र्सिजनाचोकमा घरदैलो समापन गर्दे पालिखेले यो क्षेत्रका मानिसहरुको उत्प्रेरणाले आफु बिजयको नजिक पुगेको बताए । स्वतन्त्र उमेदवारी मार्फत देशभर राजनितिक म्यासेज र दुई नम्वर क्षेत्रमा बिकासको नुमना क्षेत्र बनाउनका लागि आफु मैदानमा आएकाले सहयोग गर्न उनले सबैलाई अनुरोध गरे । मतदाताहरुले सधै परम्परागत रुपमा दलका चुनाव चिन्ह मात्र हेरेर नभई उमेदवार हेरेर मतदान गर्न उनले आग्रह गरे । लामो समय राजनिति गरेका पालिखेलाई मतदाताहरुले भोट दिएर सहयोग गर्ने आस्वासन दिएका छन । र्निबाचन क्षेत्र नं दुईको प्रदेशसभा १ बाट सदस्य पदका लागि उमेदवारी दिएका पालिखेले बालक चुनाब चिन्ह लिएर मैदानमा उत्रेका छन ।