छवि मगर
ठकुरी युवा परिवार कास्कीको आयोजनामा नेपाल ठकुरी समाज संगम परिवार छोरेपाटन कास्कीको सभाहलमा गजल संङग्रह परेली छाँया परिचर्चा कार्यक्रमा आज सम्पन्न भएको छ ।मदन मल्ल छाया को गजल संङग्रह परेली छाँयाको परिचर्चा यसै पुस्तकमा सम्पादक गजलकार असफल गौतमले गरेका थिए । गौतमले गजलकार मल्लको परिचय गजलका सेरहरु एउटा गजलकार साहित्यकारले लेख्ने कृतिहरुमाा समाज परिर्वतन र सक्रात्माक सोच हरु सफल जिवनको वाटोतिर लाग्ने कुराहरु उतारिने वताए ।
भने यस परेली छायामा गजलकारले आफनो ठकुरी वस्ती देखी ,जिवनका बाटहरु ,जवनीका उमंगहरु राजनैतिक बिषय बस्तुलाई उठान गरेको बताए भने राज्यले साहित्य क्षेत्रलाइ अझैपनि उचित ठाउ नदिएको बताए । सो कार्यक्रमा को प्रमुख अतिथिी स्वातन्त्र प्रत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष कृष्ण बास्तोलाले गजल संग्रह निकालेकोमा बधाइ तथा शुभकामना दिदै पहिलो कृतिमा नै सबै कुरा खोज्नु नहुने कृतिला
इ बाहिर ल्याउनुनै ठुलो कुरा हो ।
साहित्य बाट पनि समाज असलकाम असल बाटाहरु देखाउन सकिने बताए । कार्यक्रको अध्यक्षता ठकुरी युवा परिवार कास्की अध्यक्ष पृतम सेन ठकुरी गरेका थिए ।भने बिषेश अतिथीहरु साहित्यकार ,दुर्गा बहादुर शाह बाबा, कल्याण पन्त , गायक एन जे सागर , साहिकार सुर्य बिखची , भरत आचार्य , अनिलकुमार शाही ,मन्तय बयत गरेका थिउ । युवा परिवारका सचिव दिपेन्द्र मल्ल कार्यक्रम आएका ब्यतिmत्वलाइ स्वागत गरेका थिए । कार्यक्रममा साहित्य र गजललाइ माया गर्नहरुको सहभगिता थियो ।
गजल संङग्रह परेली छाँया लेखक मदन मदन मल्ल छाया जन्मस्थान कास्की पूर्व भेग सिद्ध ,५ ठकुरी बस्तीमा भएको हो । पिता नेत्रबादुर मल्ल र माता रामकुमारी मल्लका कान्छा सुपुत्र हुन् । उनले स्नातक तह सम्मको पढाइ पुरा गरेकाछन् । उनी गोर्खाकालिका युवा क्लवको सल्लाकार, ठकुरी युवा परिवार कास्कीको सचिव लोकतन्त्रीक खेलकुद मन्च कस्की क्षेत्र तं १ सचिव, अन्तराष्ट्रि नेपाली साहित्य समाज आजिवन सदस्य उनको यो पहिलो कृतिहो विगत १ दशक देखि साहित्य क्षेत्त र समाज सेवामा लागेका गजलकार मल्लले परेली छायामा सबैकुराहरुलाइ गजल बाट उतारेकाछन् । सो पुस्तको प्रकाशन शुस शाही ,र नेत्रबहादुर मल्ल गरेका छन प्रकाशकलाइ आजै मयाको चिनो समेत वितरण गरयिएको थियो । भने आवरण ,यादव चन्द्र भुर्तेल , मुद्रक बन्दु अफसेट पोखराले गरेको छ । गजल संङग्रह परेली छाँयाको परिचर्चा कार्यक्रम संचालिका प्रविण हमालले गरेकी थिइन ।
Leave a Reply