खेन्पो शिरलामा गुरुङलाई तमु आमाहरुको स्वागत सम्मान

तमु धिं नेपाल केन्द्रिय आमा समिति द्धारा बौद्ध अर्घौ सदनका प्रमुख लामा गुरु खेन्पो थुप्तेन येशे शिरलामा गुरुङलाई स्वागत सम्मान गरिएको छ । बौद्ध दर्शनमा हालै विद्यावारिधी(खेन्पो) उपाधि प्राप्त गर्नुभएको खेन्पो थुप्तेन येशे शिरलामा गुरुङलाई स्वागत सम्मान गरिएको हो । हरेक महिनाको १० गते हुने नियमित बैठकमा केन्द्रिय आमा समितिले केहि न केहि शिपमूलक, सचेतनामूलक तथा सन्देशमूलक कार्यक्रमहरुकै क्रममा असार पूर्णिमालाई मध्येनजर गरेर असार पूर्णिमामा बौद्ध धर्म महिमाको बारेमा धर्म देशना प्रदान गर्नु हुन बौद्ध अर्घौ सदनका प्रमुख लामा गुरुलाई प्रमूख अतिथिका रुपमा कार्यक्रममा समितिका सम्पूर्ण आमाहरुले फूल तथा खादा अर्पण गरि आर्शिबाद ग्रहण गरे।
कार्यक्रममा खेन्पो गुरुङले बौद्ध धर्ममा शिल सम्बोधी र प्रज्ञा बौद्ध धर्मको मूल मन्त्र हो यसलाई पालना गर्न सके जिवन सरल हुने बताउनुभयो। हामी तमुहरुले आÇनो मौलिकता जोगाउन हामी आफै सजक हुनु पर्छ भन्नुहुदै उहाँले बौद्ध धर्ममा नारीको योगदान रहेको ऐतिहासिक तथ्यहरु प्रस्तुत गर्नुहुदै तमु आमाहरुलाई धर्मप्रति आकर्षित गरे ।
तमु धिं नेपालकी सचिव तथा केन्द्रिय आमा समितिका सल्लाहकार अधिवक्ता जुना तमुले हरेक महिनाको १० गते केन्द्रिय आमा समितिले संचालन गर्ने कार्यक्रममा केही न केही ज्ञान हासिल गर्ने दिन भएकोले यस दिनलाई पर्वको रुपमा लिई उत्साहका साथ सहभागी भई दिनु हुन अनुरोध गरे ।
आमा समितिका अध्यक्ष हरीमाया तमुको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय आमा समितिका महासचिव एनशोभा तमुले कार्यक्रम संचालन, सह–सचिव बाल कुमारी तमुले स्वागत मन्तव्य व्यक्त गरे।