छवि मगर
बेलायत, कुबेत र देहरादुनको सफलतापूर्वक प्रर्दशनपछी ‘खुर्पेटो’ फिल्मको देशब्यापी प्रर्दशन हुने भएको छ । भिम रानामगरको कथा बिश्वास मगरको लेखन तथा निर्देशन र राजेन्द्र आले तुलको लगानीमा निर्माण भएको खुर्पेटो नेपालबाहिर बेलायत,कुबेत,भारत र नेपालको केहि ठाउँमा प्रर्दशन भएपछि चर्चा बटुल्न सफल भएको थियो । स्याङ्जाको चित्रेभञ्याङमा असोज ३ गते फिल्म प्रर्दशन गरिएपछि देशका विभिन्न ठाउँमा प्रर्दशन गर्ने मेलो खुल्नेछ ।
नेपाल मगर संघको झण्डामा अंकित चिन्ह खुर्पेटोलाई लिएर निर्माण गरिएको यो फिल्म समाजिक यथार्थ ग्रामिण जीवन शैली चित्रण गरिएको छ । खुर्पेटो यसको परिचय, यसको प्रयोग, विशेषता, निर्माण र महत्वलाई लिएर फिल्म बनाइएको निर्देशक विश्वास मगरले जानकारी दिए ।
‘गरीब जीवनका उतारचडावहरु, रहर खुशी दुःख बध्याता जस्ता कुरालाई समेटेर फिल्म बनेको छ’ निर्देशक मगरले भने,‘कला सँस्कृती मगरको भए पनि कथा पुरै नेपालीको हो त्यसैले खुर्पेटोलाई सबैले हेरिदिनु हुन आग्रह गर्छु ।’ नारी सन्देश र चेतना मुलक शिक्षा दिन खोजिएको यस फिल्ममा चर्चित लोकदोहोरी गायिका मुना थापामगर पहिलो चोटी फिल्मको पर्दामा देखा परेकी छिन् ।
फिल्ममा टिका आले ,बीना थापा, सुजन थापा, राजन थापा, संगीता थापा,बबिता आले,सल्मा पुन, बिष्णु आले, सम्झना आले,राजु आले, राजेस थापा,राजकुमार आले,राजेन्द्र आले,नारायण गुर्माछान, विकास राना सन्जय बुढाथोकी र बाल कलाकार आभास आले र सरु आले को मुख्य भूमिका रहेको छ ।
फिल्ममा चार गीत समाबेश गरिएको छ । फिल्मको छायाङ्कन राहुल राई, निर्माण नियन्त्रक तिल बहादुर थापा, सम्पादन मित्र गुरुङ रहेका छज् भने नृत्य निर्देशन चित्र मास्कीको छ । मिफ्रुङ्ग फिल्मस् प्रोडक्सन् प्रालिको पहिलो प्रस्तुती ‘खुर्पेटो’ फिल्म २५ लाखमा बनेको हो । चलचित्रको विश्वास मगरको लेखन तथा निर्देशन र राजेन्द्र आले (तुल)को निर्माण रहेको छ । फिल्म नेपालका प्रथम शहिद लखन थापाको जन्मस्थान गोरखाको काउलेमा धैरै भाग छाँयांकन गरिएको छ
Leave a Reply