खिम्ती—ढल्केबर प्रसारण लाइनको प्रधानमन्त्रीद्धारा उद्घाटन

प्रधानमन्त्रीपुष्पकमलदाहाल ‘प्रचण्ड’ले दोलखाजिल्लाको खिम्तीस्थितखिम्ती—ढल्केबर २२० प्रसारण लाइनको उद्घाटन गरेकाछन् । बिहीबार उर्जामन्त्रीजनार्दन शर्मा ‘प्रभाकर’ सहितखिम्तीपुगेर प्रधानमन्त्रीले प्रसारण लाइनको उद्घाटन गरेका हुन् ।प्रसारण लाइनको उद्घाटन गर्दै प्रधानमन्त्रीले भने, ‘नेपालकै पहिलो २२० केभी प्रसारण लाइनको उद्घाटन गर्न पाउँदाहर्ष र गर्वको महशुस भएको छ । ४०० केभी प्रसारण लाइनको कामपनि अघि बढिरहेको छ । तर, २२० केभीहामीले सञ्चालनमाल्याइसकेका छौं, यो हाम्रालागि महत्वपूर्ण विषयहो । यसमा सहयोग गर्ने सबैमाहार्दिक आभार व्यक्तगर्दछु ।’


सरकारले आर्थिक समृद्धिलाई उच्चप्राथमिकतामा राखेको जानकारी दिँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘म सरकारको नेतृत्वमा आएपछि हिमाल, पहाड र तराईलाई जोड्ने, राष्ट्रिय एकताकायमगर्ने र विकास आयोजनाहरु समयमै सम्पन्नगर्न अनुगमन र निरीक्षणमा गएको छु । समयभन्दा अघि काम सम्पन्नगर्नेलाई पुरस्कारको व्यवस्था गरेको छु, समयमाकामनगर्नेहरुलाई दण्डित गर्ने घोषणा गरेको छु । हामी छिटोकालागि, राम्रोका लागि, गुणस्तरीयताकालागिप्रतिस्पर्धा गरौं । यसले मात्र देशको मुहार बदल्न सक्छौं ।’
कार्यक्रममाउर्जामन्त्रीजनार्दन शर्मा ‘प्रभाकर’ले उज्यालो नेपालअभियानले जनतामाउत्साह भरेको बताउनु भयो । शर्माले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूको निर्देशनमाउज्यालो नेपालअभियानचलाइएको छ । यसको विकास र समृद्धिमा दुरगामीमहत्व छ । उज्यालो नेपालअभियानजनतामाउत्साहभर्ने अभियानहो । यो राष्ट्र निर्माणको अभियानहो, गरे सकिन्छ भन्ने सन्देश पनियसले दिएको छ । हाम्रो सहकार्यले सकारात्मक परिणाम दिएको छ ।’
अहिलेसम्म १३२ केभी प्रसारण लाइनमात्रै सञ्चालनहुँदै आएकोमा नेपालमापहिलोपटक २२० केभीको प्रसारण लाइन सञ्चालनमाआएको नेपालविद्युत् प्राधिकरणका कार्यकारी निर्देशककुलमान घिसिङले जानकारी दिनुभयो । उद्घाटन कार्यक्रममा घिसिङले २०६२ माप्रारम्भ भएको आयोजना ११ वर्षपछि सम्पन्नभएको, आयोजना सम्पन्नगर्न १ अरब ९५ करोड लगानीभएको तथाविश्व बैंक र नेपाल सरकारको संयुक्तलगानी रहेको र खिम्ती—ढल्केबर प्रसारण लाइनको सञ्चालनपछि काठमाडौं र पोखराको विद्युतमा महत्वपूर्ण सहयोग पुग्ने बताए ।
कार्यक्रममाउर्जा राज्यमन्त्री सत्यनारायण भगत, सांसदहरु श्यामकुमार श्रेष्ठ, शिबकुमार खड्का, कमला सुवेदी घिमिरे, पूर्व राज्यमन्त्री देवी खड्का, उर्जा मन्त्रालयका सचिवअनुपराजशर्मा लगायतले बोलेका थिए ।
प्रधानमन्त्रीपुष्पकमलदाहाल ‘प्रचण्ड’ले व्यत्तगरे का मन्तव्य
— नेपालकै पहिलो २२० केभी प्रसारण लाइनको उद्घाटन गर्न पाउँदाहर्ष र गर्वको महशुस भएको छ । ४०० केभी प्रसारण लाइन अघि बढिरहेको छ । तर, २२० केभीहामीले सञ्चालनमाल्याइसकेका छौं, यो हाम्रालागि महत्वपूर्ण विषयहो । यसमा सहयोग गर्ने सबैमाहार्दिक आभार व्यक्तगर्दछु ।
— विकास आयोजनाहरु समयमा पुरा नहुनु निकै दुखलाग्दो विषयहो । निहित स्वार्थवशकतिपयआयोजनाहरु जानीबुझी ढिलो गराइने गरेका छन्, यसलाई बदल्नहामी सबैले संकल्प गरौं ।
— म सरकारको नेतृत्वमा आएपछि हिमाल, पहाड र तराईलाई जोड्ने, राष्ट्रिय एकताकायमगर्ने र विकास आयोजनाहरु समयमै सम्पन्नगर्न अनुगमन र निरीक्षणमा जाने गरेको छु । योपटक सबै क्षेत्रमापुगेर समयभन्दा अगाडि नै आयोजना सम्पन्नगर्न निर्देशनदिएको छु । सबैले सबैलाई भनेको छ, तोकेको समयभन्दा अगाडि नै गुणस्तरीय कामगर्नुहोस् ।
— समयभन्दा अघि काम सम्पन्नगर्नेलाई पुरस्कारको व्यवस्था गरेको छु, समयमाकामनगर्नेहरुलाई दण्डित गर्ने घोषणा गरेको छु । हामी छिटोकालागि, राम्रोका लागि, गुणस्तरीयताकालागिप्रतिस्पर्धा गरौं ।
— जलविद्युत् र उर्जा क्षेत्रमा नेपालको प्रचुर सम्भावना छ । जनार्दनजीलाई उहाँको क्षमता देखेर नै उर्जा मन्त्रालयको जिम्मादिएको हुँ । कुलमानजीलाई कार्यकारी निर्देशकबनाउँदा मैले ठूलो संघर्ष गर्नुपर्यो । सही मान्छेलाई सहीजिम्मादिँदा ठूलो उपलब्धिहुन सक्दो रहेछ । व्यवस्थापनमा सुधार गर्यो भने मेहेनत र इमान्दारिता देखायो भने ठूलै कामहुँदो रहेछ ।
— प्रसारण लाइनको अभावमाथुप्रै आयोजना रोकिएकावा सम्भाव्यताअध्ययन नै नभएकाहाम्राअनुभव छन् । विद्युतीकरण नै नेपालको आर्थिक विकास, औद्योगिकरण र आर्थिक समृद्धिको आधार हो । प्रकृतिले हामीलाई ठूलै बरदान नै दिएको छ । विद्युतीकरणले नेपालको भविष्यमै कायापलट ल्याउन सक्छ ।
— विद्युतउत्पादन गरे त्यसको खपत् नेपालमै हुन्छ । विद्युतको बजार छैन भनेर उत्पादनमाध्याननदिने सोंच परम्परावादी र रुढीवादी सोंच हो, अझहजारौं मेघावट विद्युत् नेपालमै खपतहुन सक्छ ।
— आजमन्त्रीपरिषद्को बैठक बस्दैछ । आजको बैठकबाट निर्वाचनआयोगलाई निर्वाचनको कार्यक्रम अगाडि बढाउन आग्रहगरिनेछ, यसले राजनीतिकगतिरोध र अन्यौल हटाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।
— बिखण्डनवादी शक्तिसामू सरकार चुपलागेर बस्दैन । नेपालको स्वाभिमानमाथिकुनै खालको सम्झौताहुँदैन, त्यसका विरुद्ध सरकार कठोर भएर उभिनेछ । हाम्रो राष्ट्रिय र भावनात्मकएकतालाई कसैले कमजोर पार्न सक्ने छैन ।
— संविधान एक गतिशील दस्तावेज हो । यसलाई संशोधनगर्दै, परिमार्जन गर्दै सबैको स्वीकार्यता बढाएर अघि बढ्नुपर्छ, यसको बिकल्प छैन । तर, एकथरि शक्तिहरु उज्यालो मन पराउँदैनन्, परिवर्तन मन पराउँदैनन्, उनीहरु अध्याँरोमै षड्यन्त्रगर्न रुचाउँछन् । तर, सरकारलाई त्यो मान्य छैन ।
— राष्ट्रिय एकताको परिभाषा सधैं एउटै हुँदैन । सामन्तीकालमाव्याख्यागरिएको राष्ट्रवाद गणतन्त्रको युगमापनि उस्तै हुँदैन । गणतन्त्रको युगमा समावेशीलोकतन्त्र नै वास्तविक राष्ट्रवाद हो, राज्यमा सबैको समान सहभागिताको व्यवस्थागर्नु नै राष्ट्रिय स्वाभिमानहो, राष्ट्रिय एकताहो ।
— लोडसेडिङ अन्त्यगर्न, विद्युत क्षेत्रका समस्या समाधानगर्न सरकार सधैं तयार छ । म सधैं जनार्दनजी र कुलमानजीको साथमा छु । तपाईहरुलाई कहाँ अप्ठ्यारो पर्छ भन्नुस्, म सबै सहयोगकालागि हरदमतयार छु ।
— मैले आर्थिक क्रान्तिको सपना देखेको छु । राजनीतिकएकताकायमगर्न सक्यौं भने हामीले आर्थिक क्षेत्रमाचमत्कार गर्न सक्छौं । त्यसकालागि राजनीतिकतहमानयाँ संकल्पआवश्यक छ, म सबैमाअपीलगर्न चाहन्छु ।
उर्जामन्त्रीजनार्दन शर्मा ‘प्रभाकर’ले कार्यक्रममा बौल्दै बुदागत
— खिम्ती—ढल्केबर २२० केभी प्रसारण लाइनले विद्युत् आयत र निर्यातमा सेतुको कामगर्नेछ । ७६५ क्षमताको पूर्वपश्चिम प्रसारण लाइनपनिनिर्माणको चरणमा छ ।
— विकास निर्माणका कामअलग—थलग रुपमा अगाडि बढ्दा विकासकाकामप्रभावितहुने गरेका छन् । एउटा मन्त्रालयले अर्को मन्त्रालयसँग समन्वयगर्नु नपर्ने परिपाटीले विकासकाकाम ढिलाई मात्रभएको छैन, एउटाले बनाएको संरचनाअर्कोले भत्काउनुपर्ने बिडम्वना हामीकहाँ छ ।
— तामाकोशी तेस्रोलाई छिटै अगाडि बढाउँदै छौं । त्यसकालागिलगानी जुटाउने प्रयत्नभइरहेको छ । त्यसमाजनताको लगानीपनि समावेश गरिनेछ ।
— प्रधानमन्त्रीज्यूको निर्देशनमाउज्यालो नेपालअभियानचलाइएको छ । यसको विकास र समृद्धिमा दुरगामीमहत्व छ । यसलाई हामीले त्यही अर्थमा लिनुपर्छ ।
— उज्यालो नेपालअभियानजनतामाउत्साहभर्ने अभियानहो । यो राष्ट्र निर्माणको अभियानहो, गरे सकिन्छ भन्ने सन्देश पनियसले दिएको छ । हाम्रो सहकार्यले सकारात्मक परिणाम दिएको छ ।
— नेपालको पानी, जनताको लगानी नारामाजनतालाई शीर्ष स्थानमा राखिएको छ । जनताको लगानी सुनिश्चित गरेर हरेक आयोजना सम्पन्नगर्ने हाम्रो सोंच छ । प्रदेशकाआयोजनामाप्रदेशकै जनताको लगानी सुनिश्चितगर्न खोजेका छौं ।
— लालपूर्जा नभएपनिबत्तीबल्ने व्यवस्था गरेका छौं । भूकम्प पीडितले पनिबत्तीबाल्न पाउँछन् । उर्जामन्त्रालयले गरीब र सुकुम्बासीले पनिबत्तीबाल्नपाउने मान्यता राख्छ ।