क्षेत्र नं २ को १ अन्तरगत पोखरा लेखनाथ १७ विरौटामा नमुना मतदान तथा मतदाता शिक्षा कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
सामाजिक जागरणका लागि नारी अभियान पोखरा र क्षेत्रिय निर्वाचन कार्यलय पोखराको संयुक्त आयोजनामा संचालन गरिएको कार्यक्रममा जेष्ठ नागरिक देखी युवासम्मको सहभागिता रहेको थियो ।
वडा कार्यलय १७को व्यवस्थापनमा संचालन भएको कार्यक्रममा राजनितिक दलका प्रमुख तथा प्रतिनिधी,आमा समुह, टोल विकास संस्था, युवा क्लव, नागरिक समाजm पत्रकार तथा स्थानिय वासीसम्मको सहभागिता रहेको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि तिर्थराज अधिकारीले भोट हाल्नु मात्र ठुलो कुरा नभई आफुले राखेको मत बदर नहुने तरीकाले राख्नुपर्ने आवश्यकता औल्याए । अधिकारीले सिकेका कुरा टोलटोलमा सिकाउन समेत सहभागिलाई अनुरोध गरे ।
अभियानका अध्यक्ष सुष्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्षेत्रिय निर्वाचन कार्यलयका शाखा अधिकृत महेन्द्र सुवेदी ,जिल्ला समन्वय कर्ता रुद्र न्यौपानेले मतदान शिक्षा वारे जानकारी दिदै कार्यलयले गरेका गतिविधीवारे समेत प्रकास पारेका थिए ।
कार्यक्रममा जेष्ठ नागरिकका तर्फवाट टोपराज ढुङ्गाना र विष्णु वास्तोलाले अत्यन्त उपयोगि कार्यक्रम राखेकोमा आयोजक संस्थाप्रति आभार व्यक्त गरे । त्यस्तै महिला संस्थाका तर्फवाट इन्दिरा थापा, युवा क्लवका तर्फवाट तिर्थराज अधिकारी र टोल विकास संस्थाका तर्फवाट कृष्ण पौडेलले नमुना मतदान कार्यक्रम ठाँउ ठाँउमा संचालन गर्न सके मत वदन नहुनेमा जोड दिएका थिए ।कार्यक्रमको संचालन अभियानका सदस्य सरतिा घिमीरेले गरेकी थिइन् भने सामाजिक जागरणका लागि नारी अभियानका सदस्यहरु, स्वयमसेवीकाहरु,वडा सचिव लगायत निर्वाचित जनप्रतिनिधीहरुले कार्यक्रम सफल वनाउन स्वयम्सेवकको समेत भुमीका निर्वाह गरेका थिए ।
कार्यक्रममा १सय ७५ जनाको सहभागिता रहेको थियो भने प्रतिनिधीमुलक ८९ जनाले मतदान गरेका थिए । मतदान पछि सोही स्थानमा मतदान गणना गर्दा ३ वटा मत वदर भेटिएको थियो ।
अभियानका संयोजक पौडेलले राजनितिक दलहरुले पनि आफ्ना कार्यकर्ताहरुलाई मतदाता शिक्षा दिनुपर्नेमा जोड दिदै क्षेत्र नं ३ अन्तरगत आइतवार हेम्जा वडा नं २५को अंविका माविको प्राङगणमा कार्यक्रम आयोजना गरिएको वताइन् ।
Leave a Reply