क्यानसर रोगले ग्रसित १९ वर्षकी प्रिया गुरुङलाई आर्थिक सहयोग गरी बचादिन बाबा सुर्य बहादुर गुरुङको हार्दिक अपिल

Today Pokhara
0Shares

छबि मगर
उत्तरी गोरखा मान्बु गा.वि.स. हाल पोखरामा बसोबास गर्दै आईरहेकी प्रिया गुरुङ उपचार गर्न गण्डकी मेडिकल कलेजमा भर्न गरेकोे केही सयम त्यहाको उपचार पश्चात गण्डकी मेडिकल कलेजले क्यानसर सम्बन्धी रोग बताएपछि उपचार गर्न ईन्डीया राजीव गान्धि क्यान्सर हस्पिटलमा रिफर गरेको छ । बुवा सुर्य गुरुङ गोरखा जिल्ला मान्बु गा.वि.स वडा नं ६ हाल पोखरा कास्की भाडामा बसोबास गरी विभिन्न टे«कीङ व्यावसाय कम्पनीबाट पर्यटन मजदुर गर्दै आईरहेको थिए मजदुर गरी आफ्नो जीवन निर्वाह गर्दै आईरहेको गुरुङको छोरी जनप्रिय मा.वि.मा व्याचलरमा अध्ययानरत १९ वर्षको छोरी प्रिया गुरुङको नसा सम्बन्धी क्यानसर रोगले ग्रसित भएपछि परिवारमा ठुलो आर्थिक भार परेको छ । सुर्य गुरुङको परिवारमा दुई छोरी एक छोरा छन् १९ वर्षकी प्रिया गुरुङ ठुली र उनकी बहिनी १७ वर्षकी छिन भने भाई १३ वर्षका छन आर्थिक आर्जन गर्ने कोही छैन सबै विद्यार्थी भएकोले १९ वर्षकी छोरी प्रिया गुरुङलाई उपचार गर्न आर्थिक अभाव भएको बताउनु भयो । मजदुर गुरुङले आफ्नो छोरीलाई बचाउन अहिले विभिन्न संघ संस्था र व्यतिmलाई आर्थिक सहयोगको लागी सबै संग अपिल गर्नु भएको छ ।

सो उपचार गर्न सोह्र लाख (१६०००००) भारतिय रुपैयाँ लाग्ने हस्पिटलले बताएको छ । तर्सर्थ गुरङले सबैलाई सकेको आर्थिक सहयोग गर्ने इच्छुक व्यक्ति वा संघ संस्थाले प्रिया गुरुङको बुबालाई सम्पर्क गरी सहयोग गर्न सम्पूर्ण नेपाली बुबा, आमा, दाजु, भाई तथा दिदी बहिनी र इष्ट मित्रहरुमा हार्दिक अनुरोध गरेका छन् । उनमको अहिले इन्डियामा उपचार भैरहेको छ सम्पर्क नं ००९१९९७१३९३१६६ (ईण्डिया) गरी सहयोग गर्ने सकीने छ ।
सुर्य बहादुर गुरुङ खाता नं. ०११०१०९०२५०२१४
सुर्य बहादुर गुरुङ मोबाल नं ००९१९९७१३९३१६६ (ईण्डिया)