सञ्चार कर्मबाट ख्याती कमाएकी सरस्वती गुरुङ पछिल्लो समय स्थानीय निर्वाचनसँग जोडिएर चर्चामा छिन् ।पोखरा लेखनाथ महानगरका लागि उप मेयर पदको उम्मेदवार उनको भाषणकलाबाट धेरैजना प्रभावित भएका छन् । जुन ठाउँमा गयो त्यही ठाउँका समस्यालाई सम्बोधन गर्दै बोल्ने उनले आफु निर्वा्चित भए सरकारी तलब सुविधा नलिने घोषणा गरिसकेकी छिन् । संचारकर्मसँगै सामाजिक अभियन्ताको रुपमा उदाएकी उनी यतिबेला मतदाताको घरदैलोमा पुगेकी छिन् । महानगरका सबै वडाका टोलटोलमा पुगिसेकी उनको भाषकलाका कारण हटकेक बनेकी छिन् । उमपेयरको उम्मेदवारमध्ये सबैभन्दा बलियो उम्मेदवार र बढी चर्चा कमाएकी उनको जित निश्चित भएको बजारमा चर्चापरिर्चा छ । तमु ति नेपालकी प्रथम उपाध्यक्ष उनलाई जिताउन तमु धि पनि लागिसकेको छ । उसो भए को हुन् सरस्वती गुरुङ ? उनको ब्यक्तिगत विवरण, राजनीतिक पृष्ठभूमि र सामाजिक संलग्नता यस्तो छ ।
सरस्वती गुरुङ
उपमेयरको उम्मेदवार, नेपाली काग्रेस : पोखरा लेखनाथ महानगरपालिका
जन्मस्थान : पञ्चमुल – ५, स्याङ्जा
ठेगाना : पोखरा लेखनाथ महानगरपालिका – १४, कास्की
जन्म मितिः २०३३/०४/०१
इमेलः sarswotisis@gmail.com
भाषाः नेपाली, गुरुङ, अंग्रेजी, हिन्दी
शैक्षिक योग्यताः स्नातकोत्तर तह
पद र अनुभवः
- अध्यक्ष, कास्की आवाज राष्ट्रिय दैनिक, पोखरा
- बरिष्ठ रेडियो उद्घोषक, रेडियो अन्नपुर्ण
- प्रथम उपाध्यक्ष, तमु धिं नेपाल
- संस्थापक तथा प्रवक्ता, थुम्रो इन्टरनेशनल कम्पनी, प्रालि
- कोषाध्यक्ष, रोटरी क्लव अफ पोखरा मिडटाउन
- केन्दिय पार्षद, पत्रकार महासंघ
विदेश भ्रमणः भारत, थाइल्याण्ड, हङकङ, कोरिया
पुरस्कार : लक्ष्मी गुरुङ पत्रकारिता पुुरस्कार २०७३, लगायत दर्जनौ सम्मान तथा पुरुस्कार
राजनितिक संलग्नता
– २०६४सालको जनआन्दोलनमा नेपाली कांग्रेस, पञ्चमूलको विद्यार्थी विभागको महिला सह स्ांयोजक (त्रि. शहिद मा.बि ,पञ्चमूल स्याङजा )
– २०४८ सालको निर्वाचनमा नेपालीकांग्रेस पञ्चमूलको प्रचार ,प्रसार सह संयोजक
– २०५१ सालको निर्वाचनमा नेपालीकांग्रेस पञ्चमूलका सांस्कृतिक संयोजक
– २०५१ सालमा स्याङजा जिल्लाको नेपाली कांग्रेस क्रियाशिल सदस्य
– २०५६ सालको निर्वाचनमा नेपाली कांग्रेसको पञ्चमूलका सांस्कृतिक संयोजक
– २०५६ साल फागुन ४ गते तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराल सिरुवारी भ्रमणमा
– २०६१ सालमा नेपाली कांग्रेस कास्की जिल्लाको क्रियाशिल सदस्य
– २०६२/ ६३ को जनआन्दोलनमा सक्रिय भुमिका निवाह
– २०६४ देखि नेपाल पे्रस यूनियनको कास्की शाखाको क्रियाशिल सदस्य
सामाजिक संलग्नता
– तमुधिं नेपालको प्रथम उपाध्यक्ष तथा बिदेश बिभाग प्रमुख
– रोटरी क्लब अफ पोखरा मिडटाउन को कोषाध्यक्ष
– उपभोक्ता अधिकार मञ्च ,कास्की को कोषाध्यक्ष
– नेपाल पत्रकार महासघंको केन्द्रय सभासद् (सर्वाधिक मत प्राप्त)
Leave a Reply