बिशाल रानामगर
नेपालगन्ज । पश्चिम नेपालकाविभिन्न जिल्लाहरुबाट नेपालगन्जमा भेलाभएकाकिसानहरुले राज्यले अविलम्बन गरेकाकृषिनीति सानाकिसानलक्षितहुनुपर्ने माग गरेका छन् । बिहिबारदेखि नेपालगन्जमा सुरु भएको सानाकिसान, जीविकोपार्जन र कृषि सुशासन सम्बन्धि क्षेत्रीयकार्यशालामा सहभागीकिसानहरुले कृषिनीतिको व्यवहारिक कार्यान्वयमासमेत जोड दिए ।
वर्तमान कृषिनीति र त्यसले सानाकिसानको जिविकोपार्जन प्रक्रियामापारेको प्रभावबारे छलफल गर्नकालागि एक्सनएड नेपालले कार्यशालाको आयोजना गरेको हो ।कार्यशालामाचितवनदेखि बाजुरासम्म १५ जिल्लाका७० बढिको सहभागिता रहेको छ ।
कार्यशालामाबोल्दै बर्दिया कालिकाकाकिसानइन्द्रप्रसादलुईटेलले सरकारले अविलम्ब गरेको नीति सानाकिसानमुखीबनाई प्रभावकारी कार्यान्वयहुनुपर्नेमाजोड दिए । ‘सरकारी नीतिले सानाकिसानलाई फाइदा पुर्याउन सकेको छैन’ भने,’सानाकिसानले सरकारी अनुदानकाकार्यक्रमहरु सानाकिसान समक्षपुग्न सकेको छैन ।’
कार्यशालाको उद्घाटन सत्रमाबोल्दै क्षेत्रीय कृषिनिर्देशनालय सुर्खेतकानिर्देशकशिवनारायण चौधरीले कृषिउत्पादनमा वृद्धि भएपनिबजारीकरणको लागिअझै चुनौती रहेको बताए।
कृषिमन्त्रालयकाउपसचिवतथा कृषि अर्थ विज्ञ बासुदेव काफ्लेले राज्यले कृषिनीतिहरुमाआवश्यकताअनुसार परिमार्जन गर्दै गएको जानकारी दिए । नेपालमा कृषिलाई व्यवसायिकरण गर्नकालागिप्रशस्त सम्भावनाहरु रहेको जानकारी दिँदै उपसचिवकाफ्लेले राज्यले कृषिव्यवसायलाई निर्वाहमूखीबाट व्यवसायमुखिबनाउने कार्यक्रमहरु लागु गरिएको दावी गरे ।
जिल्लापशु सेवाकार्यालय बाँकेकाप्रमुखतथावरिष्ट पशु चिकित्सक डा. बेदबहादुर केसीले बाँके जिल्लापशु व्यवसायको लागि सम्भावनाबोकेको जिल्लाभएको बताउँदै युवाहरुलाई पशुपालनव्यवसायतर्फ उन्मुख गराउन सके रोजगारीकाअवसरहरु बढ्ने दाबी गरे ।
Leave a Reply