कुष्ठरोगीलाई रजनी उर्फ मंगलीको बर्थडे गिफ्ट

टुडे पोखरा संवाददाता
0Shares

सामान्यतया जन्मदिन कसरी मनाइन्छ ? साथीभाई वा परिवारसँग केक काटेर । रमाईलो गर्दै घुम्न गएर वा पार्टी आयोजना गरेर । नायिका रजनी गुरुङलाई यस्तो परम्परागत तरिकाले जन्मोत्सव मनाउन मन लागेन ।
उनले आफू जन्मेको दिनलाई दीन दुःखीलाई सहयोग गर्ने अवसर ठानिन् । यहि अवसरको सदुपयोग गर्दै मंगलबार परेको जन्मदिनमा रजनी गुरुङ पोखरा–१५ मा रहेको पोखरा आरोग्य आश्रम पुगिन्, जहाँ कुष्ठरोगीहरुलाई आश्रम दिइएको छ ।
स्याङ्जा घर भई हाल पोखरा छोरेपाटन बस्ने रजनी उर्फ मेरी बास्सै टेलिसिरियलमा मंगलीले नेपाल कुष्ठरोग निवारण संघले चलाएको आरोग्य आश्रममा रहेका १४ जना वृद्धवृद्धा कुष्ठरोगीलाई खाद्यान्न सहयोग गरिज् ।
‘आफू जन्मेको दिनलाई सहयोग गर्ने मौका ठानेर कुष्ठरोगीलाई खाद्यान्य दान गरेकी हुँ’ उनले भनिन्,‘अरु ठाउँमा सहयोग गर्ने हातहरु धेरै छन् । यहाँ सहयोगको जरुरत देखेर मैले सकेको गरेको हुँ ।’
जन्मदिनका अवसरमा आफूले आश्रममा रहेका बृद्धबृद्धाको आर्शिवाद पाएको सुनाइन् । कुष्ठरोगले ग्रसित बृद्धाबृद्धसँगै जन्मदिन मनाउन पाउँदा निकै खुसी लागेको उनले बताइन् ।
तस्वीर ः जक्सन डटकम