कास्की मगर चलचित्रकर्मीले मिझार चलचित्र प्रदर्शन गर्ने

टुडे पोखरा संवाददाता
0Shares

छवि मगर

मगर चलचित्रकर्मी संघ कास्कीको पहिलो बैठक भदौ ९ गते शनिवार सम्पन्न भएको छ । संघका अध्यक्ष राहुल थापाको अध्यक्षतामा भएको बैठकमा संस्थापक केन्द्रिय सदस्य सन्तोष पिठाकोठे मगरको प्रमुख आतिथ्यता रहेको थियो ।

पोखरा कलाकेन्द्रको सभाहलमा बसेको बैठकले संघको कोष बृद्धीका लागी असोज २० गते मगर चलचित्र मिझार प्रदर्शन गर्ने निर्णय गरेको छ । चलचित्र प्रर्दशनका लागी म्याकशन फोरडी स्टुडियोका प्रबन्ध निर्देशक तथा संघका केन्द्रीय सदस्य सन्तोष पिठाकोठेले टिकट र प्रोजेक्ट प्रायोजन गर्ने भएका छन ।

त्यसैगरी बैठकले कोष बृद्धीका लागी तिहारका अवसरमा कार्तिक २२ र २३ गते देउसी भैलो खेल्ने निर्णय पनि गरेको छ । देउसी भैलोमा संघमा आवद्ध मगर कलाकारहरु सहभागी हुने बताईएको छ ।

बैठकमा संस्थाका अध्यक्ष राहुल थापाले कार्यसमितिका पदाधीकारीहरुलाई संघको लोगो अंकीत टिसर्ट प्रायोजन गर्ने घोषणा गरेका छन । त्यस्तै बैठकले ११ सदस्यीय कार्यसमितिलाई बढाएर १५ सदस्यीय बनाएको छ ।

थप गरिएका सदस्यहरुमा काजल पुन, कुशल राना मगर, समिक्षा रानामगर, सन्तोष सारुमगर रहेका छन । साथै बैठकले कुमारी पुनमगरलाई सह—कोषाध्यक्षमा चयन गरेको छ ।

बैठकलाई संघका सचिव आशिष पुन मगरले सञ्चालन गरेका थिए । केन्द्रिय सदस्य सन्तोष पिठाकोठेले संघको कोष बृद्धिका लागी सबै लागिपर्नुपर्ने र मगर कला संस्कृतिको संरक्षणमा सबै कटिबद्ध हुनुपर्ने बताएका थिए ।