पोखराप्लस संवादाता
पोखरा , मंसिर
नयाँ शक्ति पार्टी नेपाल कास्कीको आयोजनामा कास्कीको निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत सार्दिखोला गाविसको भेलामा सार्दिखोला गाँउ परिषद् समिति गठन भएको छ । भेलाका प्रमुख वक्ता नयाँ शक्ति नेपाल कास्की जिल्ला सह–संयोजक
खड्ग बहादुर गुरुङले समृद्ध नेपाल निर्माणका लागि वैकल्पिक राजनितिक दल निर्माणका बारेमा प्रस्ट्याउदै राजनैतिक बैचारिक प्रशिक्षण दिएका थिए । गुरुङले आर्थिक समृद्धि आवश्यक रहेको र समृद्धिका लागि वैकल्पिक राजनितिको विकल्प नरहेको बताए । उनले समृद्ध नेपाल निर्माणका लागि सम्पूर्ण युवाहरुलाई स्वदेशमै राख्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।
भेलाले बिरबल गुरुङको संयोजकत्वमा मणीरत्न पौडेल र जित बहादुर गुरुङ सह–संयोजक सहित १५ सदस्यीय गाँउ परिषद् समिति गठन गरेको छ । सदस्यमा छविलाल गुरुङ, टेकमान गुरुङ, कुलबहादुर गुरुङ, चेतमान गुरुङ, हिरासिंह विश्वकर्मा, मिमफल गुरुङ, मनकाजी गुरुङ, मोतिप्रसाद गुरुङ, चन्द्र बहादुर गुरुङ, मुक्ति प्रसाद गुरुङ, लेखबहादुर गुरुङ, तुलाराम सुनार रहेका छन् । भेलामा गाउका स्थानियहरुको उल्लेख्य सहभागिता रहेको थियो । उक्त भेलामा नव निर्वाचित संयोजक गुरुङले प्रतिवद्धता व्यक्त गरेका थिए ।
Leave a Reply