कलाकार घलेलाई राष्ट्रिय पुरस्कार तथा सम्मान।
२०७४ पुष १४ गते
पोखरा सुक घले
पोखरा सुक घले
संज्ञिक्षा फिल्मस् ईन्टरटैनमेन्ट प्रा लि र नमस्ते ट्राभल्स एण्ड टुरिज्म अाबुधाबीकाे संयुक्त अायाेजनामा यही डिसेम्बर १ मा संयुक्त अरब ईमिरेट्स(युएई) काे अाबुधाबीमा सम्पन्न दाेश्राे राष्ट्रिय म्युजिक भिडियाे अवार्ड कार्यक्रम भव्य रूपले सम्प्नन भएकाे छ । नेपाल र युएई मा कार्यरत प्रतिभाहरूलाई समेटी दर्जन जति विधामा पुरस्कृत गरिएकाे थियाे । यसै क्रममा अल्पसंख्यक जातिकाे तर्फबाट पहिलाे पटक समेटिएकाे विधागत विशेष याेगदान पुरस्कार तथा सम्मान गाेरखाका वीरबल घले(विरूप)लाई प्रदान गरिएकाे हाे । घलेलाई साे पुरस्कार अल्पसंख्यक जातिकाे तर्फबाट अभिनय तथा चलचित्र निर्माताकाे रूपमा अादिवासी जनजाति सांस्कृतिक चलचित्र तथा म्युजिक भिडियाेकाे निर्माण तथा विस्तारमा निरन्तर सकृय रहेकाे भनी पुरस्कृत गरिएकाे हाे । प्रवासीमा भूमीमा सयाैं दर्शकमाझ संचालित उक्त कार्यक्रममा पुरस्कारकाे लागि बक्खु र जातिय पाेशाकमा स्टेजमा उक्लँदा छुट्टै र सबैकाे ध्यानाकर्षण भएकाे थियाे ।
याे राष्ट्रिय पुरस्कार प्राप्त गरेपछि अाफ्नाे जिम्मेवारी बढेकाे कारण कलाकारिता क्षेत्रमा थप सकृय रहने कुरा बताए ।
कार्यवाहक राजदूत मित्र बहादुर टन्डनकाे प्रमुख अातिथ्यता तथा नायक/पाईलट क्या. विजय लामा , नायिका निरूता सिंह, नेपाली समाज युएईका अध्यक्ष चन्द्र प्रसाद सापकाेटा विशेष अतिथि रहेकाे र नरेश भट्टराईले संचालन गरेकाे उक्त कार्यक्रममा बेनिसा हमाल, सिपाेरा गुरूङ, शंकर बिसि, नम्रता सापकाेटा, विरेन्द्र हमाल, जितु नेपाल, महिमा सिलवाल, लाेकनाथ सापकाेटा , प्राश्ना शाक्य र त्रिलाेक राना लगायतका कलाकारहरूले विविध मनाेरंजनात्मक प्रस्तुति दिएका थिए ।
Leave a Reply