पोखरा यस वर्षको ‘कर्म कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार’का लागि पुरस्कार छनोट समिति गठन भएको छ । फोनिज कास्कीको आईतबार बसेको नियमित बैठकले सरस्वति गुरुङ्गको संयोकत्वमा सस्थाका सल्लाहाकार राजबहादुर गुरुङ्ग, सस्थाका अध्यक्ष एमबि आस्था मगरसहितको ३ सदस्यीय पुरस्कार छनोट समिति गठन गरेको हो ।
पुरस्कारदाता कर्म गुरुङ्गको वैवाहिक वर्षगाठँको अवसरमा प्रत्येक वर्ष फोनिज कास्कीले प्रदान गर्दे आएको पुरस्कार यस वर्ष पनि असार २९ गते प्रदान गरिनेछ । यस्तै सोहि कार्यक्रममा यस वर्षको ‘जनसेवा श्री पदक’ बाट सम्मानित हुनुभएका कर्म गुरुङ्ग, अशोक पालिखे, छयाम थापा र तिर्थ श्रेष्ठ तथा हालैमा पोखरा उपत्यका नगर विकास समितिको अध्यक्ष पदमा नियुक्त हुनुभएका सुन्दरकुमार श्रेष्ठलाई पनि सस्थाले सम्मान गर्नेछ । बैठकले पत्रकार प्रकाश ढकालको शिघ्र स्वास्थ्य लाभको कामना गर्दे सस्थाको कार्यसमितिबाट संकलित रु ५ हजार रुपैँयाको आर्थिक सहयोग गर्ने निर्णय पनि गरेको छ । यस्तै सस्थाका शुभचिन्तक तथा होटल व्यवसायी विमल शेरचनको आसामायिक निधनप्रति दुख व्यक्त गर्दे समवेदना समेत सस्थाले प्रकट गरेको छ
Leave a Reply