कन्या क्याम्पसको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा जिन्सी तथा नगद गरी करिब डेढ करोड संकलन

पोखराको कन्या क्याम्पसमा जारी शैक्षिक, धार्मिक महोत्सव एवं श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा जिन्सी तथा नगद गरी करिब डेढ करोड संकलन भएको छ । महायज्ञमा जग्गादान समेत गरिएको छ । सांसदहरुले सांसद विकास कोषबाट प्राविधिक शिक्षा सञ्चालनका लागि रकम छुट्याउने आश्वासन पनि दिएका छन् ।

क्याम्पसमा प्राविधिक शिक्षा संचालन गर्ने उद्देश्यका साथ आयोजित महायज्ञमा छैटौं दिन आईतबारसम्म यति रकम संकलन भएको आयोजकले जनाएको छ । क्याम्पस प्रमुख सुरेश कुमार मानन्धरका अनुसार सांसद शारदा पौडेलले शुभाम्भ अवसरमा २१ लाख रुपैंया छुट्याउने आश्वासन दिएकी हुन् भने सांसद चुडामणि जंगलीले थप गरी ४० लाख पु¥याउने घोषणा गरे । आईतबार सांसद जंगली सहित संसद विकास समिति सभापति रविन्द्र अधिकारी पनि महायज्ञमा केहिबेर भागवतकथा श्रवण गरेका थिए ।

आईतबार निवृत्त प्राध्यापक पद्मशरण रेग्मी र उपप्राध्यापक दुर्गाराज रेग्मी परिवारले १२ लाख मूल्य बराबरको कास्की सिद्ध ६ स्थित सात रोपनी ११ आना एक पैसा दुई दामको जग्गा दान गर्ने घोषणा गरे । कन्या माविका शिक्षकहरुबाट एक लाख ७८ हजार चार सय ८० रुपैंया, प्रेम बुढाथोकीले एक लाख एक हजार एक सय ११, गणेश÷शान्ति श्रेष्ठले एक लाख एक हजार एक रुपैंया दान गरे । यस्तै, ज्ञानमार्ग स्वतन्त्र महिला समूहले ५९ हजार एक सय १५, बामनकुमार÷उमा पराजुलीले ५१ हजार ५१, विष्णुराज पराजुलीले ५० हजार पाँच सय ५५, कन्या मावि प्राचार्य गणेश शर्मा पौडेलले ५० हजार एक सय ११ दान गरे ।

माघ २५ गते देखि सुरु भएको महायज्ञ फागुन ३ गतेसम्म क्याम्पस प्राङ्गणमै सञ्चालन हुनेछ । बेलुकी पाँच बजेदेखि सात बजेसम्म जीवन र विज्ञान सम्बन्धमा युवा विद्यार्थीका लागि प्रवचन पनि राखिएको आयोजकले जनाएको छ । बुधबारदेखि सुरु श्रीमद्भागवत् वाचन जारी छ । यस्तै, बेलुकीपख पनि भजन किर्तन राखिएको छ भने हरेक दिन नाटक प्रदर्शन, दाताहरुलाई सम्मान कार्यक्रम रहेको छ । सोमबार पनि भागवत निरन्तरता, भजनकिर्तन लगायतका कार्यक्रम हुनेछन् । महायज्ञमा प्रमुख वाचकको रुपमा युवा पण्डित दीनबन्धु पोखरेल र सहवाचक ध्र्रुवशरण बस्याल रहेका छन् ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *