‘कन्दरा’ को हिमालमुनी

टुडे पोखरा संवाददाता
0Shares

 

सुनेर नथाकिने गीत ‘लेककी हे माया’ होस वा हङकङ पोखरा । यस्ता सदाबहार गीत कन्दराकै हुन् । कन्दरा व्याण्ड नेपालको पूरानो सांगीतक समूह हो । यहि समूह लामो समयपछि फेरी अर्को गीत लिएर स्रोत तथा दर्शकमाझ आएको छ । लोक पप फलेभरमा गीत पस्किने यो ब्याण्डले गायक विवेक श्रेष्ठको स्वरमा रोमान्टिक ‘हिमाल मुनी…’ गीतको म्युजिक भिडियो सार्वजनिक गर्दै कन्दरा दर्शक तथा स्रोता माझ आएको हो । भिडियोलाई कन्दराले आफ्नै अफिसियल यूट्युब च्यानलबाट सार्वजनिक गरेको छ ।
यो गीत कन्दराको पछिल्लो एल्बम ‘भेडी गोठैमा’ मा समावेश छ । भ्यालेन्टाइन डेको अवसर पारेर भिडियो सार्वजनिक गरिएको र उक्त भिडियो माया गर्ने जोडीहरुलाई समर्पित गरिएको गायक बिवेक श्रेष्ठले बताए । नेपाल र अष्ट्रेलियाको हिमाली क्षेत्रका आकर्षक लोकेसनमा छायांकन गरिएको उक्त म्युजिक भिडियोको निर्देशन जीवन रसाइलीले गरेका छन् । निर्देशक रसाइलीले नै यो भिडियोको छायांकन तथा सम्पादन गरेका हुन् । छायांकनमा उनलाई पुस्कर थापा तथा सुरज श्रेष्ठले सहयोग गरेका छन् । ब्याण्डकै संगीतकार सुनिल थापाले लेखेको गीतमा संगीत पनि उनैले दिएका छन् । संगीतकार तथा गायक अल्मोडा राना उप्रेती गीतका संगीत संयोजक हुन् ।
तस्वीर पनि छ ।