एन्फाअध्यक्ष शेर्पालाई शितलज्याति क्लबद्धारासम्मान

अखिल नेपाल फुटबल सँघका नबनिर्बाचित केन्द्रीयअध्यक्षकर्मा छिरिङ शेर्पालाई पोखरा लेखनाथमहानगरपालिका–१२ मा सक्रिय रहेकोशितलज्यातियुवाक्लबले एक औपचारिक कार्यक्रमकाबिच सम्मान गरेको छ ।
बिहिबार सम्पन्न परिचयतथा सम्मानकार्यक्रममाक्लबकाअध्यक्षतथापदाधिकारीहरुद्धारा खादा, फुलकोगुच्छा सहितमायाको चिनोले शेर्पालाई सम्मानगरेको हो ।

सोहीअबसरमाबोल्दै शेर्पालेसंस्थामाएकात्मकतवरबाट हालीमुहाली रहेको नेतृत्वको शुद्धिकरण गर्न सफलभएको बताए । उनले अब सिङ्गो फुटबल क्षेत्रमा परिबर्तन हुने बताउदै खेलकुदजगतमाबिकासले गतिलिने बताए ।उनले भने “पोखरा आफैमा स्तरिय खेलाडी उन्पादनगर्न सक्ने ठाउँ हो, तर राम्रा राम्रा एकेडेमीको अभाबकाकारण तुलनात्मक रुपमा गुणस्तरिय खेलाडी बाहीर निस्कनसकेका छैनन् ।”

उनले यथाशिघ्र ए डिभिजन लिगतथाग्रासरुट लेभलका फुटबल प्रतियोगिताहरु छिट्टै आयोजनागर्ने बताउदैपोखरा क्षेत्रमा ५ देखी७ वटा सम्म फुटबल ट्रेनिङ सेन्टर स्थापनाकालागी केन्द्रबाटै पहलकदमीथाल्ने प्रतिबद्धता समेत जनाएकाथिए ।
परिचयतथा सम्मानकार्यक्रममाशितलज्यातियुवाक्लबकापदाधिकारी तथा साधारण सदस्यहरु, एन्फाकास्कीकाअध्यक्षमिलन गुरुङ, उपाध्यक्ष ईश्वर गुरुङ (चन्द्र) सदस्य नर बहादुर गुरुङ, टोल बिकास संस्थाकाप्रतिनिधीहरु, आमा समुहकापदाधिकारीहरु,वडाबासीहरु तथा सामुदायिकप्रहरी सेवा केन्द्र माटेपानीकाअध्यक्षलगायतको उपस्थिती रहेको थियो ।
क्लबकाअध्यक्ष सन्तोष गुरुङको सभापतित्वमा सम्पन्न सम्मानकार्यक्रमको सञ्चालन सचिब पुर्ण गुरुङले गरेकाथिए ।