पोखरा लेखनाथ महानगरपालिका वडा नं. १७, विरुवा पाल्पाली मार्गमा रहेको एक्स आर्मी पब्लिक माविले १९ औं वार्षिकोत्सव समारोहका अवसरमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मानित गरेको छ ।
सो अवसरमा विद्यालयका संस्थापक सम्मानबाट खड्गबहादुर शाही, विष्णुप्रसाद पौडेल र अर्जुन पौडेल, जग्गा दाताको तर्फबाट जयन्ती आचार्य, संस्थागत विधाबाट गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका अध्यक्ष प्रा.डा. भूपति ढकाल ‘कमल’ लाई प्रमुख अतिथि जिल्ला शिक्षा कार्यालय कास्कीका जिल्ला शिक्षा अधिकारी नरेन्द्रराज पौडेलले प्रमाणपत्र, दोसल्लाद्धारा सम्मान गरेका थिए ।
त्यस्तै विद्यालयमा १० वर्षभन्दा बढि समय शिक्षण पेशामा आवद्ध निलकुमारी शाह, वेदराज ढकाल, कलिमाया रेग्मी र मधुमाया वराललाई दिर्घसेवा सम्मानद्धारा सम्मान गरिनुका साथै कर्मचारीतर्फ चालक लुमबहादुर थापा र कार्यालय सहयोगी पद्मा पौडेललाई सम्मान गरिएको थियो ।
विद्यालयका प्राचार्य मोहनलाल पौडेलले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
शिशु कक्षादेखि कक्षा ११ सम्मका विद्यार्थीहरुले विभिन्न, शैक्षिक प्रदर्शनी, साँस्कृतिक कार्यक्रम तथा मार्सल आर्ट प्रस्तुत गरेका थिए ।
शैक्षिक सत्र १०७२ बाट नविना रेगमी, २०७३ बाट सुजता गुरुङ, २०७४ बाट अनुप सुनारलाई एक्स आर्मी पब्लिक स्कुल विद्या पदकद्धारा सम्मान गरिएको थियो । साथै शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कार वितरण गरीएको थियो ।
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी नरेन्द्रराज पौडेल, वडा अध्यक्ष तिर्थराज अधिकारी, हिमालय वोर्डिङका टेकनारायण पौडेल, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका अध्यक्ष प्रा.डा. भुपति ढकाल ‘कमल’, गुप्तेश्वर महादेव गुफाका अध्यक्ष विष्णुप्रसाद पौडेल, मदरल्याण्ड स्कुलका निर्देशक डा. त्रिभुवन शर्मा, कक्षा ११ की छात्रा एन्जिला सुवेदी, पुर्व विद्यार्थी नविना रेग्मी, शिक्षक आशिष केसी, लगाएतले वोलेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्गबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा संचालक समितिका अध्यक्ष गोपाल वरालले स्वागत र कार्यक्रम संचालन शिक्षक कृष्ण काफ्लेले गरेका थिए ।

Leave a Reply