उद्योग वाणिज्य संघको नयाँ नेत्तृव चयन लागि मतगणना सुरु

940d662f6a7d596b29f0aed9f3e3c267fncci-pkrपोखरा, २ असोज/पोखरा |

उद्योग वाणिज्य संघको नयाँ नेत्तृव चयन लागि मतगणना सुरु भएको छ । ३१ औ अधिबेसन अन्तरगत शनिबार मतदान सम्पन भएको थियो । आइतबार विहान ८ बजे देखि मतगणना सुरु हुने निवार्च समितिका अध्यक्ष दिपक श्रेष्ठले जानकारी दिए । उनले पहिले सदस्य पदबाट गणना गर्ने जानकारी दिए ।

सदस्य पदको गणना सकिए पछि पदाधीकारीको गणना हुने उनले बताए । निवार्चनमा २५ सय १३ मत खसेको खसेको थियो । पोखरा उद्योग वाणिज्य संघका साधारण २ हजार ६ सय २७, कपोरेट ५४, उद्योग ४५ र बस्तुगत तर्फ २३ सदस्य गरि २७ सय ४९ मतदाता रहेको छन् ।

उद्योगतर्फको उपाध्यक्षका लागि सीता गुरुङ र गोर्कण कार्की, महासचिवका लागि दामु अधिकारी र लक्ष्मी क्षेत्री पाण्डे, कोषाध्यक्षका लागि जनकराज पराजुली र पवन प्रजापति, उपमहासचिवका लागि अर्जुन पोखरेल, नवीन बराल र धर्मराज अर्याल चुनावी मैदानमा छन् ।पोखरा उद्योग वाणिज्य संघ नयाँ नेत्तृव लिन अध्यक्षमा ६ जना चुनावी मैदानमा छन् । अध्यक्ष पदका लागि देव क्षेत्री, नारायण कोइराला, विश्वशंकर पालिखे, ईश्वरप्रसाद कर्माचार्य, धनीराम बराल र हीरा भट्टराई उमेदवार रहेका छन् । वरिष्ठ उपाध्यक्षका लागि मीनराज काफ्ले र रवीन्द्रबहादुर प्रजु, वाणिज्यतर्फको उपाध्यक्षका लागि विन्दु कोइराला सुवेदी, केदारनाथ भट्टराई र सुरेश अधिकारी चुनावी मैदानमा छन् ।

बस्तुगत संघ तर्फ तर्फका ४ सदस्यका लागि ८ जनाले चुनावी मैदानमा छन् । नारायण प्रसाद पौडेल, गिरधारी अधिकारी, देवबहादुर९डिवि० भूजेल, यामनाथ पौडेल, तारानाथ ढुंगाना, केपी शर्मा, यमनाथ तिमिल्सिना र माधव प्रसाद पौडेलले छन् । कार्यसमिति सदस्य खुल्ला तर्फ १० जनाको लागि २१ जना चुनावी मैदानमा छन् । चीनु गुरुङ, कुमारी मुना बास्तोला, बलराम आचार्य, यदुनाथ अधिकारी, प्रेमप्रसाद पौडेल, देवकृष्ण काफ्ले, किसान सुनार, पवित्रादेवी गुरुङ, प्रेमबहादुर भुजेल , गिता कुमारी तिवारी, सुरेन्द्रमान विजुक्छे, महेश्वर पोखरेल, अनिल सिग्देल, सिता बराल, हिमालय बख्रेल, कृष्णबहादुर रानाभाट, गोमा ढकाल, नवराज त्रिपाठी, हरिराज पन्त, गिरीधारी शर्मा र अर्जुन खनाल छन् ।