भुमेश्वरको ६३ औ.वार्षिक्रोत्सव सम्पन्न

 

 

पोखरा १९ घार्मीमा रहेको भुमेश्वर आधारभुत विद्यालयको ६३ औ बार्षिकोत्सव विविध कार्यक्रम सहित सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै वडाध्यक्ष शोभामोहन पौडेलले शैक्षिक क्षेत्रको विकासले मात्र समाजको परिवर्तन हुने बताउनु भएको छ । कार्यक्रममा प्रमूख अतिथि पौडेलले पूर्व शिक्षक जमुनादेबि बस्नेतलाई सम्मान सहित विदाई र अभिभावक मैया पौडेल , शिक्षक लक्ष्मी आचार्य अधिकारी पूर्व शिक्षक पोषराज पौडेल र व्यवस्थापन समितिकापूर्व अध्यक्ष रामचन्द्र पौडेललाई सम्मान गर्नुभएको थियो ।

व्यवस्थापन समितिकाअध्यक्ष राजकुमार पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा लामाचौर श्रोत केन्द्रका श्रोत व्यक्ति बलराम पोख्रेल, व्यवस्थापन समितिकापूर्व अध्यक्ष डिल्लीरामपौडेल, रामचन्द्र पौडेल, मोहन प्र.पौडेल, महेन्द्र मा.विका प्रधमनाध्यापकबासुदेव पौडेल, लाल प्र आचार्य , माधब प्र पौडेल , तेज प्रसादअधिकारी, रमेश वि.क, पोषराजपौडेल, शिक्षक शुभद्रा आर्चाय सहायक प्र.अ. दुर्गा प्र. पौडेल , विद्यार्थी प्रकृतिआचार्य रेविका मगर लगायतले मन्तब्यदिनु भएको थियो ।

विद्यालयकाप्रधानाध्यापक बैकुण्ठ पौडेलले विद्यालयको प्रगतीप्रतिवेदन पेश गर्नु भएको थियो भने अक्षयकोषको छात्रवृतितथा शैक्षिक र अतिरिक्तक्रियाकलापतर्फको पुरस्कार वितरण गरिएको थियो । सोहीअवसरमा तेज प्र अधिकारीले १ लाख १हजार १ सय ११ , सुरेन्द्र कार्की भावनापौडेलले ५१ हजार १ सय ५ रुपैया अक्षयकोषमा हस्तान्तरण गर्नुभयो । कार्यक्रमकाअवसरमा एक लाख७६ हजार ३ सय ७१ रुपैया अक्षयकोषकालागी संकलनभएको प्र.अ. पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा विद्यार्थीले संस्कृतिक ,नृत्य र गीत प्रस्तुत गरेका थिए ।