भोली देखि आठौ संस्करणको पोखरा महोत्सव

अमरसिंह चौरमा हुने आठौ संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ । महोत्सव आयोजक युनाइटेड क्लवले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी आगामी पुसको २७ देखि माघको ८ गते सम्म सञ्चालन हुने आठौ संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको जनाएको हो । पत्रकार सम्मेलनमा वोल्दै महोत्सव प्रचार प्रसार संयोजक तथा आयोजक युनाइटेड क्लवका महासचिव राजु श्रैष्ठले आठौ पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको वताए । शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागी पोखरामा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणमा जोड दिदै सेती नदी संरक्षण र सौर्य बत्ती जडान जस्ता सामाजिक काम गर्दै आएको युनाइटेड क्लवको आयोजनामा हुने आठौ संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको श्रेष्ठले वताए ।

१२ दिन सम्म सञ्चालन हुने महोत्सवमा यो देशको कला, संस्कृति, भेष–भुषाको संरक्षण र प्रवद्र्धन, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई संवृद्धि तर्फ अगाडी वढाउने, विकसित सुचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पु¥याउनुका साथै चार नम्बर प्रदेशको पर्यटकिय स्थानको बारेमा जानकारी दिदै आन्तरिक तथा वाह्य उत्पादित वस्तुको बजार सहजीकरण गराउने महोत्सवको लक्ष्य रहेको छ । पोखरा महोत्सवमा यसपटक हात्ती सवार गर्दै महोत्सवको अवलोकनको ब्यवस्था मिलाइने भएको छ । महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, व्यवसायीक संघ सस्थाहरुको सेवा बारे जानकारी, स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी, पशुपंछीको प्रदर्शनी, नेपाली संस्कृति झल्किने नृत्य प्रस्तुती, कृषि–अटो मेला लगायतका गतिविधी रहने छ ।

 

त्यसैगरी महोत्सव अवधिभर राष्ट्रिय स्तरका कलाकारहरु बद्री पंगेनी , प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, पशुपत्ति शर्मा , कोमल वली, राम्जी खांड, राधिका हमाल, प्रिती आले, जुना श्रीष मगर, चौलेन्द्र पौडेल, ज्योति मगर, राजु गुरुङ,कृष्णा गुरुङ, मिलन लामासहित स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ । त्यसैगरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय व्याण्डहरु ःबलतचब , बिजगचब, कगनबm उयपजचभ िल् खष्अतयचथ, ःयनबष्बिल ज्भबचत, कबदष्ल च्बष् ल् भ्भितचष्ह, त्जभ ब्हभ, ज्ञढठद्धब्म्, ख्(त्भल, ःभििष्लब च्बष् , प्बष् िएचबकबम द्यबकधपयतब ७ ीयअब िद्यबलम को लाइभ प्रस्तती रहने क्लवका प्रथम उपाध्यक्ष तथा महोत्सव कलाकार ब्यवस्थापन उपसमिती संयोजक लालकाजी गुरुङले वताए । महोत्सवमा चार नम्बर प्रदेश स्तरिय लोक दोहोरी प्रतियोगिता, हांस्य ब्यङ्ग्य प्रस्तुती, उत्कृष्ट स्टललाई पुरस्कार, चमेना गृहको ब्यवस्था, बाल उद्यान, नेपाली संस्कृति झल्कने प्रस्तुती, लगायत विभिन्न मनोरन्जनात्मक गतिविधी सञ्चालन हुनेछन ।

महोत्सवमा २ सय ३५ वटा स्टलहरु रहेका छन भने १ करोड १४ लाख अनुमानित आम्दानी ७९ लाख खर्च र ३५ लाख बचत हुने अनुमान गरिएको छ । महोत्सवमा सर्वसाधारणका लागी ८० र विद्यार्थीका लागी ५० रुपैया टिकट दर रहने आयोजकले जनाएको छ ।  आठौ संस्करण सम्म आइपुग्दा युनाइटेड क्लवले पोखरा महोत्सवकै आयोजना गरी आफ्नो उद्देश्य अनुसार पोखरामा खुल्ला चिडियाखाना निर्माण गर्नका लागी नेपाल सरकार, तत्कालीन लेखनाथ नगरपालीका र क्लवकोे ३५ लाख ८५, हजार रुपैयाबाट पोखरा लेखनाथ महानगरको ३१ नम्बर वडामा चिडियाखानाको पहिलो चरणको काम पशुपंक्षी उद्धार केन्द्र निर्माण कार्य अगाडी बढिरहेको महोत्सव मुल आयोजक समिती संयोजक तथा युनाइटेड क्लवका अध्यक्ष सुक बहादुर गुरुङले वताए ।

महोत्सवको मुख्य प्रायोजकमा शालिमार सिमेन्ट, सह प्रायोजकमा रारा तयारी चाउचाउ, प्रयोजकहरुमा योकोहामा जापानिज ल्याङ्ग्वेज एण्ड ट्र्ेनिङ कन्सल्टेन्सी, लुम्विनि विकाश बैंक लि., रेडचिप इन्जिनियरि∙ प्रा. लि. ऋीब्क्क्क्ष्ऋ त्भ्ऋज्, टुडे नेचुरल स्प्रीङ वाटर, नेको इन्सुरेन्स लि .प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड ,सहयोगी संस्थाहरुमा जि.स.स कास्की, पो. ले. म.न. पा कार्यलय , सि.जि. हाईवयर एण्ड सप्लायर्स ,अमरसिंह मा. वि., मिडिया पार्ठनरहरुमा ब्द्यऋ न्यूज , फेवा टेलिभजन, अन्नपूर्ण एफ. एम , समाधान राष्ट्रिय दैनिक रहेको कल्वका सचिव तथा महोत्सव प्रायोजक ब्यवस्थापक उपसमिती संयोजक शान्तबहादुर थापाले जानकारी दिए ।