आउनुहोस् सहयोग गर्नुहोस् र रमितको जीवन बचाइदिनुस्

Today Pokhara
0Shares

बागलुङका ८ वर्षीय अपाङग बाबु रमित थापामगर हिजो अचानक बेहोस भएर अहिले गण्डकी मेडिकल कलेजको आइ.सि.यु. मा उपचार गराइरहेको छ । बेहोस भएर हस्पिटल ल्याउँदा पैसा नभएको कारण भर्ना गर्न नखोजेको र त्यहाँको चौकीदारले रु. १००० दिएर भर्ना गरेको उनका बाबा भुमिराज थापामगरले बताएका छन् । उनको टाउकोमा समस्या देखिएकोले एमआरआइ गर्न तत्काललाई १७ हजार रकम चाहिएको डा.ले बताएका छन् । उनका आमा बाबा ज्यामी काम गर्दै गुजारा चलाउनुपर्ने भएकोले आर्थिक अवस्था ज्यादै दयनिय रहेको छ । समाजसेवी गौरी गुरुङले अहिले तत्कालको लागि औषधी किन्ने व्यवस्था गरेपनि विरामीको अवस्था ज्यादै नाजुक रहेकोले धेरै नै रकम लाग्ने बताएका छन् । तपाईंको सानो सहयोगले रमित बाबुको ज्यान बचाउनको लागि महत्वपूर्ण योगदान रहने छ । यो बेला ठुला ठुला गफ लगाउने नेताको पछि गल्नुभन्दा समस्यामा परेका पिडितहरुको सहयोग गर्नु सबैभन्दा ठुलो धर्म हो । आउनुहोस् सहयोग गर्नुहोस् र रमितको जीवन बचाइदिनुस् । सहयोगको लागि सम्पर्क रमितको बाबा भुमिराज थापामगर ः९८१९१४१९०३