आईएफसि फेशन डिजाईनर प्रतियोगिताको फाईनल आज

ईन्टरनेशनल फेशन डिजाईनिङ कलेजको आयोजनामा हुने फेशन डिजाईनर प्रतियोगिताको फाईनल आज पोखराको होटल ग्राण्डमा हुँदैछ ।

क्राईलोन प्रोफेशनल मेकअपको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा बुटलल, चितवन, काठमाडौं, पोखरा लगायत अन्य ठाउँहरुबाट ९० भन्दा बढि प्रतियोगिहरुको सहभागिता रहेको प्रतियोगिताका संयोजक नबिन पाख्रिनले बताए ।

उनका अनुसार सहभागिहरुले बनाएका कन्ट्री स्टार, समुद्री जीबजन्तुको आकार समाबेश गरेर बनाएको डेस, नयां पिढीले लगाउने अनुमानित डेस तथ खाद्यपदार्थहरुको प्रयोगबाट बनाईएको डेस डिजाईनको आधारमा बरिष्ठ फेशन डिजाईनर युवि थापा, अजिता भण्डारी र अमित बरालले बिजेता तथा उपबिजेता लगायत टप टेन छान्ने छन् ।

बिजेता, उपबिजेता तथा टप टेनमा पर्न सफल प्रतियोगिहरुले ट्रफि, नगद तथा आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्ने पाख्रिनले बताए । “डिजाईनरहरुलाई र उनीहरुको कलालाई बाहिर ल्याउन यप्रतियोगिताले थप मद्दत पु¥याउने छ” कार्यक्रम संयोजक पाख्रिनले भने ।

अन्तर निहित डे«स डिजाईनिङको कलालाई प्रस्फुटन गराउदै डिजाईनरहरुलाई थपउ त्प्रेरणा दिने समेत आयोजकको अपेक्षा रहेको छ ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *