असिनाले पुरयाएको क्षति बारे बाँके डुडुवामा गाउँपालिकाद्धारा अनुगमन

असिनाले  गाउँपालिकाका सैयौ घरलाई क्षति पुरयाएको छ, भने दर्जनौ नागरिक घाईते भएका छन । आइतबार परेको असिनाले डुडुवा गाउँपालिकाका सैयौ घरको टायल र खफडा फुटाएको छ । हावाहुरीसंगै आएको असिनाले घरमाथी छाएको टायल फुटाएर क्षति बनाएको हो ।

टायल फुटेपछि पानी पसेर घरभित्र रहेको अन्नपात, कपडा लत्तामा क्षति पुरयाएको पिडितले बताएका छन । किसानले लगाएको तरकारी बाली र गहुमा समेत असिनाले क्षति पुरयाएको छ ।

 

असिनाले करिब लाखौ मुल्य बराबरको क्षति बनाएको छ, भने दर्जन बढी मानिसलाई सामान्य घाइते बनाएको छ । वडा नं. ५ का भागीराम खडका, गोरीदेवी चलाउने, पहरु थारु, जसवीर सुनार, गोपाल सुनार, परमल दमाई लगायत सैयौ घरमाथी टायल र खपडा फुटाएपछि पानी परेमा घरभित्र बस्न सक्ने अवस्था नभएको पिडितले बताएका छन ।

आइतबार सांँझ एक्कासी हावाहुरीसंगै आएको असिनाले यो अहिलेसम्मकै पहिलो तथा  आश्चर्य नै पारेको ८२ बर्षिय टिकाराम दमाईले बताए । अर्का स्थानीय दण्डबीर दमाईले असिनाले घरको छाना फुटाएर बरबाद बनाएको दुखेसो पोख्दै गर्मीको मौसममा घरको छाना व्यवस्थापन गर्न समस्या भएको बताउए ।

डुडुवा गाउँपालिकाको वार्ड नंं १ होलिया, २ बेतहानी, ३ बनकट्टी, ४ कम्दी र ६ हिरिमिनियामा रहेका केही टायलको छानामाथी क्षति पुरयाएको छ, भने किसानहरुले लगाएका विभिन्न तरकारी बाली, मकै, गहुलाई समेत क्षति पुरयाएको किसानहरु बताउछन ।

 

गाउँपालिकाको सम्पुर्ण क्षति विवरण केही दिनभित्र संकलन गरिने जनाइएको छ । असिनाले पुरयाएको क्षतिका बारेमा गाउँपालिकाले आज स्थलगत अनुगमन गरेको छ । डुडुवा गाउँपालिका वार्ड नं. ५ मा रहेका घरहरुमा असिनाले पुरयाएको क्षतिबारे अध्यक्ष नरेन्द्र कुमार चौधरी नेतृत्वको टोलीले क्षतिबारे जानकारी लिएको हो ।

त्यस क्रममा स्थानीयले आफ्नो घरमा भएको क्षतिबारे अध्यक्ष चौधरीलाई जानकारी गराउदै राहतका लागि माग गरेका थिए । त्यस अवसरमा अध्यक्ष चौधरीले गाउँपालिका भरि एकैनासको क्षति भएकाले सम्पुर्ण क्षतिबारे पहिला तथ्याक संकलन गरि राहतका लागि सम्वन्धित निकायहरुमा सहयोगका लागि पहल गर्ने प्रतिबद्धता गर्दै गाउँपालिकाले गर्न सक्ने सहयोगका बारेमा छलफल गर्ने बताउए ।

अनुगमन टोलीले वार्ड नंं ५ का विभिन्न टोलका घरघरमा पुगेर क्षतिको अवलोकन गरेको थियो । अनुगमन टोलीमा उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्ष प्रशुराम बुढाथोकी, वडासदस्य, पत्रकार, स्थानीय अगुवाहरुको सहभागिता रहेको थियो ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *